संगालोखबर


विराटनगर । अब एटीएमबाट एक सय रुपैयाँको नोट पनि उपलब्ध हुने भएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक सय रुपैयाँ दरका नोट पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर  सय रुपैयाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । यसले बैंकहरूमा हुने भीडभाड कम गर्ने विश्वास लिइएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र दिँदै आएका छन् ।

जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता छ । केही बैंकहरूसँग प्राविधिक तयारीबारे बुझ्दा एटीएमबाट सय रुपैयाँका नोट वितरण गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!