संगालोखबर


विराटनगर । विराटनगरमा शनिबार गरिएको राधाकृष्ण रथयात्राका क्रममा २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ भेटी संकलन भएको छ । उक्त रकम बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने छ ।

रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मीले रथयात्राका क्रममा भक्तजनबाट संकलित रकम बाढीपीडितलाई सहयोग गरिने बताए । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने रेग्मीले जानकारी दिए ।

समितिका कोषाध्यक्ष नरेश राठीले संकलित रकमको विवरण पारदर्शी रूपमा राखिएको र निर्णयअनुसार सम्बन्धित कोषमा जम्मा गरिने बताए ।

रथयात्रा धार्मिक उत्सवका रूपमा आयोजना भए पनि त्यसबाट संकलित रकम बाढीपीडितको राहतमा उपलब्ध गराउने निर्णयले सामाजिक उत्तरदायित्वको सन्देश दिएको समितिको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!