संगालोखबर
फाइल तस्बिर

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद हर्क साम्पाङलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेको आधारमा उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

Advertisement

जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।

उनलाई लापरबाही साथ सवारी चलाएको भन्दै कारबाही गरिएको प्रहरीले जनाएको छ । दुर्घटना परेर हातमा चोट लागेको भिडियो उनैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!