संगालोखबर

विराटनगर । सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृहमन्त्रीमा फर्काउन लागेका हुन् । गुरुङले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी छ ।

Advertisement

सम्पत्तिबारे प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।  त्यसपछि बनाइएको सम्पत्ति अध्ययन समितिले २२ जेठमा प्रधानमन्त्री शाहलाई बुझाएको प्रतिवेदनमा गुरुङको कुनै ठूलो गल्ती-कमजोरी नरहेको उल्लेख छ । सिस्टममा देखिएका कमी-कमजोरी र सुधार गर्नुपर्ने विषयहरू प्रतिवेदनमा औंल्याइएको छ ।

छानबिन समिति स्रोतका अनुसार सुधनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार उनको नाममा जग्गा भेटिएको छैन । उनले गोरखा, चितवन, धनकुटामा जग्गा रहेको उल्लेख गरेको भएपनि धनकुटाको १९ रोपनी १५ आना जग्गा बाहेक अरु उनको नाममा नभेटिएको हो ।

बुवा, हजुरबुवाको नाममा रहेको जग्गासमेत उनले सम्पत्ति विवरणमा राखेको प्रतिवेदनमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!