काठमाडौं । सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) कहिलेबाट लाग्ने र कसरी लाग्ने भन्ने हालसम्म टुंगो लागेको छैन् ।

Advertisement

हामीले कहिलेबाट लाग्ने र अहिलेको व्यवस्थाभन्दा फरक कुन तरिकाले लाग्ने भन्ने कुनै पनि कुरा भनेका छैनौं,’ राजस्व बिभाग निमित्त महानिर्देशक चन्द्रकला पौडेलले भनिन् ।

हाल भ्याट कसरी लाग्ने पहिले नै तय विषय भएकोले राजस्व बिभागले नयाँ मोडालिटीको कुरा गर्न नमिल्ने बताए । ब्रोकर कमिशनमा भने के कसरी भ्याट लाग्ने हो बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि समन्वय गर्ने पौडेलले उल्लेख गरिन् ।

तर, धितोपत्र बोर्डले भने यसको मोडालिटी सरकारले नै बनाउने बताएको छ ।

‘हामीले भ्याट कसरी लाग्ने भन्ने विषय होइन, सरकारले निर्धारण गर्ने हो,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले भने । उनले भ्याटको लागि धितोपत्र सम्बन्धि कुनै पनि कानुन तथा नियमावली संशोधन गर्न आवश्यक नरहेको बताए ।

सरकार र धितोपत्र बोर्डबीच हाल कुन प्रक्रियाबाट कर लगाउने भन्ने विषयमा थप छलफल पनि भएको देखिदैन् । ‘अहिलेसम्म हामीहरुलाई भ्याटमा कस्तो प्रक्रिया अपनाउने भन्ने विषयमा छलफलको लागि डाँकिएको छैन्, त्यसैले अहिले केही भन्न सकिदैन्,’ पौड्यालले बताए ।

के अहिले आत्तिनुपर्छ ?
सेयर कारोबारमा कै सन्दर्भमा भ्याट लाग्ने विषयमा कुन मोडालिटी अपनाइन्छ भन्नेमा सरकारले नै पर्याप्त तयारी गरिसकेको देखिदैन् । हाल कै अवस्थामा भन्ने हो भने ब्रोकर वा लगानीकर्ता कसले भ्याट तिर्ने भन्ने विवाद कायम नै छ । यो विषय अहिले नै टुंगो लाग्ने अवस्था देखिदैन् ।

त्यसैले अहिले बजार यही आधारमा घट्न आवश्यक छैन् । भोलीका दिनमा भ्याट कसरी लगाउने भन्ने विषयमा सरोकारहरुबीच छलफल अवश्य नै हुनेछ । धितोपत्र बोर्ड अहिले पनि सेयर कारोबार वित्तीय सेवा अन्तरगत रहने भएकोले भ्याट लाग्न नहुने पक्षमा नै रहेको छ ।

यसमा सरकारले के निर्णय लिन्छ त्यसमा भर पर्छ । तर, भोलीको कारोबार महंगिएला भन्ने डरले अहिले नै बजार घट्न आवश्यक छैन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!