आज रातीबाट उपनिर्वाचनको मौन अवधि

आज रातीबाट उपनिर्वाचनको मौन अवधि

काठमाडौँ । आज राती १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएपछि उम्मेदवारहरू आज चुनावी प्रचारको दौडधुपमा छन् । वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सांसद माझीको माग

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सांसद माझीको माग

काठमाडौं । प्रतिनिधिसभा सांसद उर्मिला माझीले निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेकी हुन् । सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । उनले शिक्षा नागरिकको मौलिक अधिकारक...
केपिलासगढीका विपन्न बिरामीलाई सांसद शर्माले मिलाइदिए एक वर्षसम्म निःशुल्क उपचारको व्यवस्था

केपिलासगढीका विपन्न बिरामीलाई सांसद शर्माले मिलाइदिए एक वर्षसम्म निःशुल्क उपचारको व्यवस्था

खोटाङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक वर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न बिरामीहरूलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न बिरामीलाई निःशुल्क र विपन्न बिर...
काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाडौं । आज काठमाडौंको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं रहेको छ । काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । जसको व...
सुरु भयो नयाँ वर्ष २०८०

सुरु भयो नयाँ वर्ष २०८०

विराटनगर । आजबाट विक्रम सम्वत् २०८० साल सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षको पहिलो दिन हर्षोउल्लासपूर्वक मनाउँदैछन् । एकापसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मिष्ठान्न भोजन गरी विशेष दिनका रुपमा नयाँ वर्ष मनाउँने चलन छ । नयाँ वर्षको अवसरमा अधिकांश व्यक्तिले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त...
नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग वाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान

नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग वाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग वाणिज्य दिवस र उद्योग वाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाल...
पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

विराटनगर । कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारले उनको परिवारलाई क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ । कति रकम दिने भन्ने निर्णय भने भएको छैन । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । त...
चौबिसे समाजद्वारा काठमाडौंमा साङ्गीतिक साँझ

चौबिसे समाजद्वारा काठमाडौंमा साङ्गीतिक साँझ

काठमाडौं । धनकुटाको चौबिसे घर भई काठमाडौंमा बसोवास गर्दै आएकाहरूको संस्था चौबिसे समाज धनकुटाले आज साँझ काठमाडौंमा साङ्गीतिक कार्यक्रम गरेको छ । क्यान्सर पीडित र मृगौला पीडित असहाय बिरामीहरूको उपचार सहयोगार्थ ‘तुलसी पराजुली साङ्गीतिक साँझ’ गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रममा धनकुटेली गायक पराजुलीले करिब डेढ दर्जन गीत गाएर साङ्गीतिक मनोरञ्जन प्रदान गरे । कार्यक्रममा सहभ...
४२ जनामा कोरोना संक्रमण

४२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या १२३ पुगेको छ । आज १७ जना कोरोनामुक्त भएका छन् । पछिल्लो केही समय यता नेपालमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण देखिन थालेपछि स्वास्थ्य...
नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले गरेको विशेष समारोहमा पौडेलले शपथ ग्रहण गरेका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस बरिष्ठ नेता पौडेल एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो रात्रिकालीन उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो रात्रिकालीन उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको महिना दिनपछि रात्रिकालीन उडान थालिएको हो । रात्रिकालीन उडान सुरु भएपछि बुद्ध एयरले एकै रात ४ जहाज अवतरण गराएको छ । बद्धले पहिलो जहाज भैरहवाबाट पोखरामा अवतरण गराएको थियो । दोस्रो जहाज काठमाडौंबाट र तेस्रो सिमराबाट पोखरा आएको हो । रात्रिकालीन विमानमा पोखरा आएका नेपाल उड्डयन प्राधिकरण न...
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार अपरान्ह सम्पन्न निर्वाचनको मतगणना अनुसार ३३ हजार ८ सय २ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका पौडेलले सङ्घतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार पाएका छन् । उनलाई २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसस...
बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौँ । आगामी बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएको छ । बैशाख अन्तिम साताबाट परीक्षा थाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । जेठ ५ ...
पोखराको फेवातालमा डुंगा पल्टिंदा एक जनाको मृत्यु, पाँच जनाको सकुशल उद्धार (भिडियोसहित)

पोखराको फेवातालमा डुंगा पल्टिंदा एक जनाको मृत्यु, पाँच जनाको सकुशल उद्धार (भिडियोसहित)

पोखरा । पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पानीमा डुबेर बेहोस भएकी पोखरा महानगरपालिका–१ बगरकी ७० वर्षीय वृद्धा याममाया गिरीको मृत्यु भएको हो । दिउँसो एक्कासि हावाहुरी चल्दा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको डुङ्गामा एकै परिवारका ६ जना सवार थिए । डुंगा पल्टिए लगत्तै सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरेको हो । लाइफ ज्या...
कर्णालीको दुर्गम जिल्ला कालिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कर्णालीको दुर्गम जिल्ला कालिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कालिकोट । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कर्णाली हेल्थ केयर फाउण्डेशनसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ८ सय ७५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १६८ जनाको इसीजी, २८५ जन...
विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

काठमाडौं । दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न स्थ...
फागुन महिनामा ११ दिन सार्वजनिक बिदा

फागुन महिनामा ११ दिन सार्वजनिक बिदा

काठमाडौँ । फागुन महिनामा ११ दिन सार्वजनिक विदा परेको छ । विभिन्न पर्व, दिवस र शनिवारको बिदासहित एक महिनामा ११ दिन सार्वजनिक बिदा हुनेछ । फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दियो, ७ गते प्रजातन्त्र दिवसको बिदा हुनेछ । ९ गते ग्याल्पो ल्होछार परेको छ, १५ गते मगर दिवस छ । २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमाको बिदा हुनेछ । २४ गते पनि बिदा नै छ, त्यो दिन नारी दिवस परेको छ । मगर दिवस राजपत्रमा ...
यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावपूर्ण, प्रहरीकै गाडीमा आगजनी

यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावपूर्ण, प्रहरीकै गाडीमा आगजनी

काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको विरोधमा यातायात मजदुरहरु आन्दोलनमा उत्रदा सोमवार काठमाडौंको गोंगबुलगायत क्षेत्र तनावपूर्ण बन्यो । ट्राफिक नियम आफूहरूको हितमा नरहेको भन्दै आन्दोलित यातायात मजदुरहरु सडक अवरुद्ध गरेर तोडफोड र आगजनीमा उत्रदा स्थिती तनावपूर्ण बनेको हो । आन्दोलित मजदुरहरुले माछापोखरीको अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले...
आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द

आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठीचार्ज गरेको विरोधमा संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार प्रहरीको लाठि चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंह घाइते भएका थिए । घटनापछि शनिवार संघको केन्...
बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा महिलाको मृत्यु

बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा महिलाको मृत्यु

रौतहट । बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ । झगडामा परी रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियाका पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको हो । खेत जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ हानाहान भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोलाले घरमै पुगेर सुगन्धी देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गर...
नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे ९५ वर्षीय जबराको निधन भएको हो । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । साथै युरिया उच्च देखिएपछि अस्पताल भर्ना गरिएको थियो । त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएपछि उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो । १४ वर्षमै मेट्रिक पास गरेका उनी नेप...
बलि चढाउन भारत लगिएकी बालिकाको उद्धार

बलि चढाउन भारत लगिएकी बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ । ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा...
चिरपटले हानेर छोराले गरे बुवाको हत्या

चिरपटले हानेर छोराले गरे बुवाको हत्या

रौतहट । रौतहटका चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । चन्द्रपुर नगरपालिका–६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई उनका ३२ वर्षीय छोरा प्रकाशले चिरपटले हानेर हत्या गरेका हुन् । गएराति घरायसी विवादका क्रममा निरकुमारलाई छोराले चिरपटले हानेका थिए । चिरपटले लागेर टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमारलाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको ...
भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसनबाट मंगलबार बेलुका निगमलाई प्राप्त नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले मूल्य बढेर आएको हो । त्यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ । यता हवाइ इन्धन लिटरमा ७ रुपैया...
शालीनदी मेलामा ८४ लाख भेटी संकलन

शालीनदी मेलामा ८४ लाख भेटी संकलन

काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी संकलन भएको छ । पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार...
वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

कैलाली । वृद्धभत्ताको पैसा नदिएको भन्दै कैलालीमा आज छोराले बन्चरोले हानेर आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । छोराले बञ्चरो हानेपछि लगनदेवी गम्भीर घाइते भएकी थिइन् । धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार छो...
सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ टकुचा नालामा आमा र बुबाको कुटाइबाट एक बालकको मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाको कुटाइबाट तीन वर्षीय छोरा विमलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिलकराम बालकका बाबु र उर्मिला सौतेनी आमा हुन् ।
रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो । आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ...
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल...
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

विराटनगर । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष यसै लिन ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ । आज पनि विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद...
error: Content is protected !!