धनकुटाका दुई जना काठमाडौंमा पक्राउ, विदेश पठाइदिन्छु भनेर ठगेको आरोप
काठमाडौं । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा धनकुटाका दुई जना काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौबिसे गाउँपालिका वडा नं.६ की उर्मिला चेम्जोङ र धनकुटा नगरपालिका वडा नं.२ का दिपेन्द्र राईलाई पक्राउ गरेको हो ।
उनीहरूले फरक-फरक व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोप छ । काठमाडौं किर्तिपुर ट्याङ्लाफाँट बस्दै आएकी ४८ वर्षीया उर्मिलाले संगत थापासहित दुई...






























