संगालोखबर


विराटनगर । प्रसिद्ध कलाकार हरिवंश आचार्य अस्वस्थ भएका छन् । विराटनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएका उनी अचानक अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना भएका छन् ।

उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । नाकबाट रगत बग्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसँगै आचार्य शनिबार आएका थिए । 

Advertisement

आज बिहान काठमाडौँ फर्कन लागेका बेला नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हिमगिरिका निर्देशक प्रकाश मुन्दडाले बताए । आचार्यको अवस्था सामान्य रहेको उनले बताए । यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले भेटेर आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!