निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता रहेकाे गृहमन्त्रीकाे भनाई

निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता रहेकाे गृहमन्त्रीकाे भनाई

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग विकास समितिले विहिवार आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सबैलाई मिलाएर निर्वाचन गरिने बताउनुभयो । गृहमन्त्री निधिले भन्नुभयो, “नयाँ संविधान क...
हेर्दा हेर्दै बक्राहा खोलाको पानीले बगरमा परिणत गर्यो मानवबस्ती : स्थानीयबासी भन्छन `अब आन्दोलन थाल्छौ´

हेर्दा हेर्दै बक्राहा खोलाको पानीले बगरमा परिणत गर्यो मानवबस्ती : स्थानीयबासी भन्छन `अब आन्दोलन थाल्छौ´

पथरी । बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा अझैं पनि बक्राहा नदी मानवबस्ती क्षेत्रमा नै बगिरहेको छ । मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत छ । नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ । भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको सीमासम्म झण्डै ५६ किलोमिटरसम्मका बासिन्दा त्रसित छन् । बक्राहा खोला नियन्त...
पत्रकार महासंघ धनकुटाद्धारा सल्लाहकार चयन

पत्रकार महासंघ धनकुटाद्धारा सल्लाहकार चयन

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको प्रथम बैठकले आठ जना सल्लाहकार चयन गरेको छ । १० औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्यसमितिको प्रथम बैठकले सल्लाहकार चयन गरेको हो । बैठकबाट सञ्जयसन्तोषी राई, गोपाल अधिकारी, बिजयसन्तोषी राई, मोहन वान्तवा, सिद्धराज राई, टंक राई, खगेन्द्रप्रसाद घिमिरे र भेषराज कटेललाई सल्लाहकार चयन गरिएको महासंघले जनाएको छ । बैठकबाट सञ्जयसन्तोषी राई, गोपाल अधिकारी, बिजयसन्त...
ट्यांकर चालकको धम्कीले पेट्रोल पम्पमा लाइन

ट्यांकर चालकको धम्कीले पेट्रोल पम्पमा लाइन

काठमाडौं । ट्यांकर चालकले हड्तालको तयारी गर्दा उपत्यकामा इन्धन आपुर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन आपुर्ति ठप्प पारेका चालकहरुले माग सुनुवाइ नभए फागुन १५ देखि हड्ताल गर्ने प्रचार गरेका छन् । प्रचारका कारण उपभोक्ता इन्धनको स्टक राख्न थालेका छन् र पम्पहरुमा बढी लाइन देखिन थालेको छ । आफूहरुले डेढ महिनादेखि १५ बूँदै माग राखेको तर सुनुवाइ नभएकाले हड्तालमा उत्रनुपरेको उनीहरु...
अरुण तेस्रो बनाउन भारतद्वारा ९१ अर्ब बजेट

अरुण तेस्रो बनाउन भारतद्वारा ९१ अर्ब बजेट

काठमाडौं । भारतले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि सतलज कम्पनीलाई अनुमति दिएको छ । साथै ९१ अर्बको बजेट पनि स्वीकृत गरेको छ । नेपालको संखुवासभामा निर्माण हुने यो आयोजनाबाट भारतमा बिजुली निर्यातको लक्ष्य राखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत गरेको हो । ‘आगामी सेप्टम्बरसम्ममा फाइनान्सियल...
स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य/निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका/नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर...
धनकुटामा अखिल क्रान्तिकारीद्धारा चुनावी ¥याली (भिडियोसहित)

धनकुटामा अखिल क्रान्तिकारीद्धारा चुनावी ¥याली (भिडियोसहित)

धनकुटा । आसन्न स्वबियु निर्बाचनलाई लक्षित गर्दै बिद्यार्थी संगठनहरु चुनावी अभियानमा जुटेका छन । आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि बिद्यार्थीहरु दौडधुपमा लागेका हुन । अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी, नेपाल बिद्यार्थी संघ लगायत बिद्यार्थी संगठनहरु चुनावी अभियानमा केन्द्रित छन । यसैवीच स्वाबियु निर्बाचनलाई लक्षित गर्दै अखिल क्रान्तिकारीले बुधवार धनकुटामा ¥याली प्रदर्शन गरेको छ । धनकुटा बहुम...
अजरबैजानका राट्रिपतिद्धारा आफ्नै श्रीमतीलार्इ उपराष्ट्रपतिमा नियुक्त

अजरबैजानका राट्रिपतिद्धारा आफ्नै श्रीमतीलार्इ उपराष्ट्रपतिमा नियुक्त

अजरबैजान । अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन ।अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो । यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैर नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत रहिसकेकी ५२ बर्षीया प्रथम महिल...
नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने

नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने

काठमाडौं । वर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ।  मलेसियाको मानव संशाधन मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो। श्रम सम्झौताबिना लाखौं नेपाली मलेसिया जाँदा आर्थिक र अन्य शोषणमा परिरहेको लगातारको गुनासोपछि मलेसिया सरकार सम्झौता गर्न तयार भएको छलफलमा सह...
हत्या आरोपमा श्रीमतीसहित चारजना थुनामा

हत्या आरोपमा श्रीमतीसहित चारजना थुनामा

महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि म...
सर्बदलीय बैठक बहिस्कार गर्ने मधेसी मोर्चाको निर्णय

सर्बदलीय बैठक बहिस्कार गर्ने मधेसी मोर्चाको निर्णय

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने भएको छ । वैशाख २१ मा स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका छन् । तर, मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गर्ने सहमति भएको फोरम गणतान्त्रिकका अध्यक...
चुनाब कसैले रोक्न सक्दैन : प्रमुख निर्वाचन आयुक्त

चुनाब कसैले रोक्न सक्दैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । उनले अब एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने र सुरुवा-बढुवा एवं नियुक्तिहरु गर्न नपाइने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी व...
अटो लोनमा राष्ट्र बैंकले तोक्यो सीमा, ५० प्रतिशतमात्रै ऋण दिन पाइने

अटो लोनमा राष्ट्र बैंकले तोक्यो सीमा, ५० प्रतिशतमात्रै ऋण दिन पाइने

काठमाडौं,१० फागुन । राष्ट्र बैंकले अटो लोनमा कडाई गर्दै पहिलोपटक मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोकेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यदि ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले २५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् । बैंकहरुले सव...
मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश मारेका छन् । उनीजस्तै अन्य १३ य...
मजदुरको दादागिरीले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार

मजदुरको दादागिरीले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार

तरहरा/ पेट्रोलियम मजदुर र नेपाल आयल निगमका कर्मचारीको लापरवार्हीको कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुन थालेको छ । मजदुरको दादागिरी सँगै निगमको ब्यावस्थापकीय कमजोरीको कारण पूर्वमा पेट्रोलियम पदार्थको चरम अभाव हुन थालेको हो । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ना ४ ख ४१५० नम्वरको टेङ्करका सहचालक किरण लामालाई आइतबार निगमका कर्मचारी र प्रहरीले निर्घात कुटपिट भएको विरोधमा पेट्रोलियम पद...
वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’ चुनाव घोषणाको प्रमुख विपक्षी नेकपा एमालेका साथै सत्तारुढ राप्रपाले स्वागत गरेको छ...
राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित

राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ । महाधिवेशनको पूर्व...
नागरिक उडड्यन प्राधिकरणमा जागिर खुल्यो

नागरिक उडड्यन प्राधिकरणमा जागिर खुल्यो

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ७५ जना कर्मचारीको लागि खुला दरखास्त मागेको छ । विभिन्न पदमा पूर्तिका लागि थप ५२ जनालाई करारमा बरिष्ठ अधिकृतमा भर्ना गर्न लागिएको छ । आज एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले खुलतर्फ उपनिर्देशक तथा प्रवन्धकदेखि सहायकसम्मका पददमा दरखास्त मागेको हो ।  करारको छुट्टै सूचना पनि प्राधिकरणले निकालेको छ । विभिन्न प्रशाशनिक तथा प्राविधिक पदहरुमा पनि उसले जागिर...
पत्रकार महासंघ धनकुटाको अध्यक्षमा श्रेष्ठ

पत्रकार महासंघ धनकुटाको अध्यक्षमा श्रेष्ठ

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाको १० औं जिल्ला अधिवेशनबाट राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवारराति सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १८ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा नगेन्द्र राई र महिला उपाध्यक्षमा शुखकला राई चयन भएका छन । त्यस्तै सचिवमा बिदुर खवास, सह–सचिवमा बलराम दाहाल, समावेशी सह–सचिवमा हरिबहादुर लम्जे...
राप्रपा अध्यक्षमा कमल थापाविरुद्ध राणाको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा कमल थापाविरुद्ध राणाको उम्मेदवारी घोषणा

काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन् । राणाले भने, ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म मागे तर निरञ्जन थापाल...
आफ्नै पसलमा काम गर्ने युवतीबाट अग्रवालको अपहरण भएको खुलासा

आफ्नै पसलमा काम गर्ने युवतीबाट अग्रवालको अपहरण भएको खुलासा

काठमाडौं । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडाैंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ । सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाख...
सुन तस्करीको नयाँ रहस्य: सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा

सुन तस्करीको नयाँ रहस्य: सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा

काठमाडौं । सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको आरोपमा पक्राउ गरेपछि उनी सोर्सफोर्स लगाएर १४ वर्षसम्म एयरपोर्ट भन्सारमा बस्नुको रहस्य खुलेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा प...
युवतीमार्फत होटेलमा बोलाएर व्यवसायी अग्रवालको अपहरण

युवतीमार्फत होटेलमा बोलाएर व्यवसायी अग्रवालको अपहरण

काठमाडौं । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो । व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए...
धनकुटामा अवैध काठसहित ट्याक्टर नियन्त्रण

धनकुटामा अवैध काठसहित ट्याक्टर नियन्त्रण

धनकुटा । धनकुटाको हिले नजिकबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चोरी निकासी गरेको अवस्थामा विहिवार राति सिसौको काठसहित ट्याक्टर नियन्त्रणमा लिएईको प्रहरीले जनाएको छ । सदरमुकामतर्फ ल्याउँदै गरेको अवस्थामा १ सय २२ थान सिसौका चिरान काठसहित को.२ त ३०९८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए । उनका अनुसार रातिको समयमा गैरकानुनी रुपमा काठ...
सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाही । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ ।  किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बे...
बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा संकटा बिजयी

बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा संकटा बिजयी

सुनसरी । १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिएमजी क्लव संकटा बिजयी भएको छ । धरानस्थित टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा भ्रमणकारी दुर्गापुरी स्टिल क्लब कोलकातालाई ३–२ ले हराउँदै संकटा बिजयी भएको हो । विश्व अधिकारीको पासमा संकटाका मार्टिन अजयले दोस्रो मिनेटमै गोलको खाता खोलेका थिए । १–० ले पछि परेको पाहुना टिम दुर्गापुरीले खेलको २४ औं मिनेटमा बराबरी गोल फर्कायो...
अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै मृतकका बुबाआमा प्रहरीमा

अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै मृतकका बुबाआमा प्रहरीमा

काठमाडौं । सिन्धुपाल्चोकमा अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । अन्तरजातीय विवाह कै कारण पति र उनको परिवार मिलेर छोरीको हत्या गरेको भन्दै सिन्धुपाल्चोकका सानुकान्छा र लक्ष्मी तिरुवा (विक) दम्पती प्रहरी समक्ष पुगेका हुन । उनीहरुले महानगरीय प्रहरी प्रभाग, कमलपोखरीमा छोरी माया विकका पति सुजन तामाङ, दुई दिदी, भिनाजु र भाइविरुद्ध किटानी जाहेरी दिएका हुन् । गत वैशाखम...
मीरालाई सरकारले ३० लाखसहित सम्मान गर्ने

मीरालाई सरकारले ३० लाखसहित सम्मान गर्ने

काठमाडौं । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको हो । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए । राई टेलिभिजन नेसनल जोग्राफीले सार्व...
नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मी

नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मी

काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्...
बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति !

बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति !

काठमाडौं । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय गर्नुपर्ने भन्दै विभिन्न समयमा महिला अधिकारवादीका आवाज निकै चर्को रूपमा सुनिन्छ । तर, व्यवस्थापिका संसद्को विधायन समितिमा भने महिला सांसदहरूसमेत बहुविवाह गर्नेलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउने पक्षमा देखिँदैनन् । मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि त...
रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी

रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी

उदयपुर । रुपन्देही ११ ले चौथो रमपम उदयपुर गोल्डकपको उपाधि हात पारेको छ । गाईघाट स्थित थरुहट रंगशालामा बिहिबार भएको फाईनल खेलमा मोरङ ११ लाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधी चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । ट्राईब्रेकरमा रुपन्देहीका लागि जर्सी नम्बर २५ का दिलिप क्षेत्री, ४ का कालु थापा, १९ का सौरभ मगर र ८ का...
error: Content is protected !!