काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

Advertisement

सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य/निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका/नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।

१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!