काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

राणाले भने, ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म मागे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसक्यो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैलेे निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ ?’

राणाले राणाले अब न्यायको ढोका घचघचाउने समेत बताए । आफूलाई बन्दसत्रमा समेत बोल्न नदिइएको र कमल थापाको निर्देशनमा दुर्व्यवहारसमेत गरिएको आरोप लगाए ।

‘अब म न्यायको ढोकामा जान्छु । मैले कसैको दवाब र कसैको भनसुनमा उम्मेद्वारी दिइरहेको छैन । आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु,’ उनले अघि थपे, ‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिइएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घोक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यहि हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा ?’ अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!