विराटनगर ट्रक व्यवसायी सङ्घमा विवाद, उद्घाटन भइसकेको अधिवेशन स्थगित
विराटनगर । विराटनगर ट्रक व्यवसायी सङ्घको अधिवेशन स्थगित भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको उद्घाटन गरेका थिए । तर, सङ्घभित्र विवाद चर्किएपछि १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा स्थगित भएको हो ।
साधारणसभामा गणपूरक सदस्य सङ्ख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेन । सङ्घमा आवद्ध दुई सय ५१ जना सदस्यहरू मध्ये साधारणसभामा एक सय ४४ जना मात्रै उपस्थित भएपछि नरबह...





























