डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग : कोरोना राहत कोषमा ३० लाख प्रदान

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग : कोरोना राहत कोषमा ३० लाख प्रदान

मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो । क्षेत्र ...
भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् । भौतिक पूर्वाधार तथा याताय...
धनकुटा प्रशासनद्वारा गल्ती स्वीकार, प्रशासन–पत्रकारवीच भयो सहमति

धनकुटा प्रशासनद्वारा गल्ती स्वीकार, प्रशासन–पत्रकारवीच भयो सहमति

धनकुटा । धनकुटामा पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको बिषयमा प्रशासनले गल्ती स्वीकार गरेको छ । बुधबार साँझ प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली र पत्रकारहरुवीच भएको छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने समझदारी पनि भएको छ । पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, महासंघका उपाध्यक्ष नगेन्द्र राईसहितको टोली र प्रमुख जिल्ला अधिकारी विमलीवीच छलफल भएको थियो । छलफलमा प्रशासनले...
महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका युवा अशोक पौडेलले कोरोना संक्रमण रोकथामका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका पौडेलले महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुँनेगरी रकम उपलब्ध गराएका हुन् । पौडेलले पठाएको रकम नगर कार्यपालिका सदस्य मेनुका निरौला मार्फत प्राप्त भएको नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद...
डा.शर्माद्वारा कोरोना रोकथाममा सहयोग : पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

डा.शर्माद्वारा कोरोना रोकथाममा सहयोग : पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् । बिराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । ...
खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङ । खोटाङमा राहत लिन गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–९ का ३० बर्षीय बीरबहादुर राई छन् । मंगलवार दिउँसो पौने ४ बजे उनी राहतका लागि फारम भर्न नगरपालिका कार्यालय पुगेका थिए । नगरपालिका कार्यालय परिसरमा रोकेर राखिएको मोटरसाईकलमा चढेर बस्ने क्रममा लडेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकल लडेर छातिमा थ...
भोजपुरमा ट्याक्टर चालक लुटिए, लुटपाट गर्ने ७ जना पक्राउ

भोजपुरमा ट्याक्टर चालक लुटिए, लुटपाट गर्ने ७ जना पक्राउ

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ रुक्सेमा पैसा लुटपाट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर चालकसँग रहेको नगद लुटपाट गरेको भन्दै प्रहरीले स्थानीय युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आमचोक गाउँपालिका–८ का ३२ बर्षीय लोकबहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८...
धनकुटाका कम्युनिष्ट नेता सुब्बाको निधन

धनकुटाका कम्युनिष्ट नेता सुब्बाको निधन

धनकुटा । धनकुटाका कम्युनिष्ट नेता डम्बर याक्सो (सुब्बा) को निधन भएको छ । कलेजोमा समस्या भएर उपचारका लागि काठमाण्डौं लगिएका सुब्बाको ६० बर्षको उमेरमा गएराती निधन भएको परिवार स्रोतले जनाएको छ । धनकुटा–४ स्कुलडाँडा निवासी नेता सुब्बाको कलेजोमा करिव ५ महिना अघिदेखि खराबी देखिएको थियो । केहि महिनायता काठमाण्डौमा उपचार गराउँदै आएका सुब्बालाई धनकुटा आएका बेला जण्डिसले सताएपछि एक साता अघि उपचारका लागि ...
सिधुवामा अलपत्र परेका कालिकोटबासीलाई छथर जोरपाटी गाउँपालिकाले दियो खाद्यान्न

सिधुवामा अलपत्र परेका कालिकोटबासीलाई छथर जोरपाटी गाउँपालिकाले दियो खाद्यान्न

सिधुवा। धनकुटाको सिधुवा बजारमा अलपत्र परेर बसेका कालिकोटका ८ जनालाई छथर जोरपाटी गाउँपालिकाले मंगलबार खाद्यान्न उपलब्ध गराएको छ । बिभिन्न ठाउँमा पुगेर गलैंचा बेच्ने काम गर्दै आएका उनीहरु सिधुवामा आईपुगेका बेला लकडाउन भएपछि बेखर्ची भएर अलपत्र परेका हुन् । उनीहरुलाई छथर जोरपाटी गाउँपालिकाले ५० किलो चामल, ४ किलो दाल, २ किलो नुन, २ लिटर तेल र ४ वटा साबुन प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष शेरबहाद...
धनकुटाका पत्रकारलाई समाचार संकलनमा प्रशासनको अवरोध

धनकुटाका पत्रकारलाई समाचार संकलनमा प्रशासनको अवरोध

धनकुटा । धनकुटामा स्वास्थ्य सामाग्री हस्तान्तरणको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रशासनले समाचार संकलनमा अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य सस्थाहरुका लागि पठाएको स्वास्थ्य सामाग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारहरुलाई अवरोध गरिएको हो । समाचार संकलनका लागि प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले कार्यालय प...
धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउँने भएका छन् । थापाले आज बिहान काठमाण्डौबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री धनकुटा पठाएका हुन् । धनकुटा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य सस्थाहरुका लागि कोरोना संक्रमण रोकथाममा प्रयोग गरिने करिव ८ लाख मुल्य बराबरको सामाग्री पठाइएको थापाले संगालोखबरलाई जानकारी दिए । ‘मेरो सासुको स्वर्गारोहण भएकाल...
भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । आइतबार साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन । डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले संगालोखबरलाई जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भ...
लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन अवधि थप गरेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउँने निर्णय गरेको हो । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय लिएको हो । यसअघि चैत ११ गतेदेखि एक हप्ता लकडाउन गरियो । त्यसपश्चात सरकारले पुनः चैत १८ गते देखि मंगलबार (भोली) सम्मका लागि लकडाउन थपेको थियो ।
कोरोना बिरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सुझाव

कोरोना बिरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सुझाव

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउँन सुझाव दिएका छन् । विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उनले कोरोनाबाट मुलुकलाई जोगाउँन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औल्याएका हुन् । सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उनले सत्तारुढ...
महालक्ष्मी नगरले बाढ्यो राहत

महालक्ष्मी नगरले बाढ्यो राहत

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले लकडाउन प्रभावित अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ । ९ वटै वडामा रहेका प्रभावितहरुको विवरण संकलन गरेर राहत वितरणको क्रम चलिरहेको महालक्ष्मी नगरपालिकाले जनाएको छ । शुक्रबारबाट राहत वितरण थालेर आइतबारसम्म ५ सय भन्दा बढी अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराइएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘पहिलो चरणमा क...
उद्योग संगठन र व्यापार संघद्वारा २४ लाखको खाद्य सामाग्री सहयोग

उद्योग संगठन र व्यापार संघद्वारा २४ लाखको खाद्य सामाग्री सहयोग

बिराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले लकडाउन प्रभावित बिपन्न बर्ग र दैनिक ज्यालादारी मजदुरका लागि २४ लाख बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । दुबै संगठनले प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषलाई २ हजार १ सय प्याकेट खाद्य सामाग्री उपलब्ध गराएका हुन् । उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहितका पदाधिकारीहरुले आज मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्त...
उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा ढिस्को झरेर पुर्दा त्रियुगा–१३ कि ३० बर्षीया जानकीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान करिब साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा उनलाई माथिबाट ढिस्को झरेर पुरेको थियो । ढिस्कोले पुरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अ...
सुनसरीको दुहवीमा राहत वितरणका बिषयमा झडप, प्रहरीसहित एक दर्जन घाइते

सुनसरीको दुहवीमा राहत वितरणका बिषयमा झडप, प्रहरीसहित एक दर्जन घाइते

सुनसरी । सुनसरीको दुहवीमा आज राहत वितरणका बिषयमा झडप हुँदा करिव एक दर्जन व्यक्ति घाइते भएका छन् । दुहवी–९ छाताबेलीमा राहत वितरणको नामावली संकलनका क्रममा झडप भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । प्रहरीका अनुसार नामावली संकलनका क्रममा नाम छुटेको बिषयमा उत्पन्न बिवादपछि स्थानीयवीच झडप भएको हो । झडप छुट्याउँने क्रममा एक प्रहरीलाई समेत चोट लागेको छ । झडपका क्रममा घाइते भएकाहरुको स्थानीय स्...
दुबईमा दुई साता लकडाउन घोषणा

दुबईमा दुई साता लकडाउन घोषणा

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि युएईको दुबईमा पनि दुई साता लकडाउन घोषणा गरिएको छ । दैनिक संक्रमण दर उच्च हुँदै गएपछि दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साता लकडाउन घोषणा गरेको हो । कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं कि...
कोरोना भाइरस र बैदेशिक रोजगार

कोरोना भाइरस र बैदेशिक रोजगार

आज बिश्व एउटा ठुलो चपेटामा रुमलिएको छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई घेरिसकेको छ । संक्युक्त राष्ट्र संघमा आबद्ध १९५ देश मात्र नभएर बिश्वका २०५ देशमा संक्रमण फैलिसकेको छ । अमेरिका, चीन, इटाली, स्पेन, दक्षिण कोरिया जस्ता बिकसित देशहरुले रोकथामका विभिन्न उपाय अपनाउदा अपनाउदै पनि दिन दुई गुणा र रात चौगुणा माहामारी फैलिरहेको छ । कोरोना संक्रमणबाट नेपाल पनि...
धनकुटाका किसानको पीडा : बिक्री गर्न नपाउँदा बारीमै सुक्यो तरकारी, गाईवस्तुलाई खुवाइदै

धनकुटाका किसानको पीडा : बिक्री गर्न नपाउँदा बारीमै सुक्यो तरकारी, गाईवस्तुलाई खुवाइदै

धनकुटा । दुःख गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा धनकुटाका कृषकहरु मारमा परेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण तरकारीको निर्यात ह्वात्तै घटेपछि किसानहरु मारमा परेका हुन् । लकडाउन र कोरोना संक्रमणको डरले व्यापारीहरु सागसब्जी लिन आउँने क्रम घटेपछि जिल्लाको सिधुवा आसपास क्षेत्रका किसानले उत्पादन गरेको साग र मटर कोसा बारीमै सुक्न थालेको छ । बिक्रि नभएपछि गाइ...
नेपालमा थप तीन जनामा कोरोना संक्रमण, स्वदेशमै रहेकामा पनि पहिलो पटक भेटियो कोरोना

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, स्वदेशमै रहेकामा पनि पहिलो पटक भेटियो कोरोना

बिराटनगर । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वदेशमै रहेकामा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयले आज दिउँसो आधिकारीक फेसवुक पेज मार्फत थप तीन जना व्यक्तिमा कोरोना देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ बर्षीया...
नोबेल अस्पतालमा बढ्यो बिरामीको भीड

नोबेल अस्पतालमा बढ्यो बिरामीको भीड

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केहि साता यता अस्पतालहरुमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो । नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउँने गरेको इमर्जेन्सी इन्चार्ज डा.अमित अग्रहरीले जानकारी दिए । ‘बिगत एक हप्ता भन्दा बढी समययता...
पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । र, भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले भने, ‘पहिलो रिपो...
धनकुटा नगरका ५ सय परिवारलाई राहत वितरण, अझै बाढिदै (फोटो फिचरसहित)

धनकुटा नगरका ५ सय परिवारलाई राहत वितरण, अझै बाढिदै (फोटो फिचरसहित)

धनकुटा । धनकुटा नगरपालिकाले नगरक्षेत्रका ५ सय ३४ परिवारलाई राहत वितरण गरेको छ । अझै वितरणको क्रम चलिरहेको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण दुई छाक टार्न समस्या बेहोर्दै आएका अति विपन्न सुकुम्वासी, दैनिक ज्यालादारी मजदुर र स्रोतबिहिनहरुलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा वडा नं. ३ का २७, ४ का ५०, ६ का २ सय ७, ७ का १ सय ५८ र ९ का ९२ परिवारलाई राहत वितरण गरिएको नगरपालिकाका ...
नेपालमा छैटौं कोरोना संक्रमित फेला

नेपालमा छैटौं कोरोना संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार प्रेस ब्रिफिङमा अर्का व्यक्तिमा पनि कोरोना (कोभिड(१९) पोजेटिभ भेटिएको जानकारी दिएका हुन् । योसँगै अव नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजमार्फत नेपाल आएका हुन् । तर, उनी कहाँको र महिला वा पुरुष के हुन् भन्...
नेकपा धनकुटाका सचिव ढुंगानाको सुझाव : राहत वितरणमा विभेद नहोस्

नेकपा धनकुटाका सचिव ढुंगानाको सुझाव : राहत वितरणमा विभेद नहोस्

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका सचिव ऋषिराम ढुंगानाले राहत वितरणमा हुन सक्ने बिभेद प्रति सचेत गराएका छन् । लकडाउन पीडित दैनिक ज्यालादारी मजदुर र बिपन्न परिवारलाई राहत वितरण गर्नुपर्नेमा जोड दिदै उनले बास्तविक पीडितको पहिचानमा बिभेदरहित वातावरण सृजना गर्नुपर्ने धारणा राखेका हुन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता ढुंगानाले राहत वितरणमा राजनीतिक आस्था, पहूँच, जात, धर्म, ...
धनकुटामा दैनिक ज्यालादारी मजदुर र बिपन्नलाई राहत उपलब्ध गराउँन नेकपाको निर्देशन

धनकुटामा दैनिक ज्यालादारी मजदुर र बिपन्नलाई राहत उपलब्ध गराउँन नेकपाको निर्देशन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले दैनिक ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई राहत उपलब्ध गराउँने अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष राजेन्द्र राईले बुधबार नेता कार्यकर्तासहित पार्टीसम्बद्ध जनप्रतिनिधिलाईसमेत ७ वुँदे निर्देशन दिएका हुन् । सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई आ–आफ्नो क्षमता अनुसारको राहत उपलब्ध गराएर स्थानीय तहमार्फत समन्वय गरी वि...
प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाइएको हो । ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ । काठमाडौंको लाग...
कोरोनासहित सबै किसिमको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला छ : डा.शर्मा

कोरोनासहित सबै किसिमको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला छ : डा.शर्मा

बिराटनगर । ज्वरो आएका बिरामीलाईसमेत अस्पतालहरुले लिन नमानिरहेका बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन् । कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै उनले नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार रहेको बताएका हुन् । जुनसुकै समस्या भएका बिरामीक...
धनकुटामा आइसोलेसनमा रहेका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

धनकुटामा आइसोलेसनमा रहेका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

धनकुटा । धनकुटा अस्पतालको आइसोलेसनमा रहेका युवाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ‘स्वाब’ परीक्षण गर्दा उनमा कोरोना नलागेको पुष्टि भएको हो । ‘स्वाब’ को रिपोर्टमा कोरोना नदेखिएपछि उनलाई आज साँझ डिस्चार्ज गरिने जिल्ला अस्पतालका डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । धनकुटा–८ का ३५ बर्षीय ती युवा दुई साता पहिले पोर्चुगलबाट आ...
error: Content is protected !!