पुलिसलाई स्तब्ध पार्दै चर्च ब्वाइज विराट गाेल्डकपकाे फाइनलमा प्रवेश

पुलिसलाई स्तब्ध पार्दै चर्च ब्वाइज विराट गाेल्डकपकाे फाइनलमा प्रवेश

विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेकाे छ । आज राति सहिद रंगशालामा भएकाे अन्तिम सेमिफाइनल खेलमा पुलिसलाई १-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेकाे हाे । खेलकाे ७० औं मिनेटमा लाक्पा पाख्रिनले गरेकाे गाेल नै चर्च ब्वाइजका लागि निर्णायक बन्याे । प्रतिस्पर्धात्मक खेलमा थु...
विराट गाेल्डकप: अन्तिम सेमिफाइनलकाे पहिलाे हाफ गाेलरहित बराबरी

विराट गाेल्डकप: अन्तिम सेमिफाइनलकाे पहिलाे हाफ गाेलरहित बराबरी

विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे अन्तिम सेमिफाइनल खेलकाे पहिलाे हाफ गाेलरहित बराबरी भएकाे छ । सहिद रंगशालामा जारी नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचकाे खेल गाेलरहित बराबरी भएकाे हाे । एनआरटी फुटबल क्लबलाई २-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने सशस्त्र प्रहरी बल एपीएफलाई १-० गाेल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान ...
विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा लेदो, उपभोक्ता मारमा

विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा लेदो, उपभोक्ता मारमा

विराटनगर । भौगोलिक विकटताका कारण हिमाली, पहाडी क्षेत्रका प्रायः स्थानमा खानेपानीको जोहो गर्दा बिहान बित्छ । एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने, लाइनमा बस्नुपर्ने बाध्यता छँदैछ । तराईका जिल्लामा पनि पानीको समस्या छ । पानीकै कारण बसाइसराइ गर्नुपरेका घटनाहरू पनि प्रशस्तै छन् । यी त पानीको मुहान सुक्नु लगायतका कारणले निम्तिएका समस्या भए । घरघरमा धाराबाट पानी आउँछ । तर, पिउन नमिल्ने अवस्था भए...
विराटनगर ट्रक व्यवसायी सङ्घमा विवाद, उद्‌घाटन भइसकेको अधिवेशन स्थगित

विराटनगर ट्रक व्यवसायी सङ्घमा विवाद, उद्‌घाटन भइसकेको अधिवेशन स्थगित

विराटनगर । विराटनगर ट्रक व्यवसायी सङ्घको अधिवेशन स्थगित भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको उद्‌घाटन गरेका थिए । तर, सङ्घभित्र विवाद चर्किएपछि १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा स्थगित भएको हो । साधारणसभामा गणपूरक सदस्य सङ्ख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेन । सङ्घमा आवद्ध  दुई सय ५१ जना सदस्यहरू मध्ये साधारणसभामा एक सय ४४ जना मात्रै उपस्थित भएपछि नरबह...
विराट गोल्डकपको अन्तिम सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराट गोल्डकपको अन्तिम सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज प्रतिस्पर्धामा उत्रने भएका छन् । खेल साँझ ६ः३० बाट सुरु हुनेछ । सशस्त्र प्रहरी बल एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो भने मच्छिन्द्र क्लबलाई २-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको थियो...
मर्यादित भएर होली मनाउन मोरङ प्रशासनको आग्रह

मर्यादित भएर होली मनाउन मोरङ प्रशासनको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गहरूको पर्व फागु पूर्णिमा अर्थात होलीमा अवाञ्छित क्रियाकलाप गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गर्दै व्यवस्थित र मर्यादित ढङ्गबाट होली मनाउन आग्रह गर्दै अटेर गरे कारबाही गर्ने चेतावनी दिएका हुन् । होलीलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक मनाउँदै समाजमा शान्ति सुव्यवस्था र सद्भाव कायम गर्...
उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

विराटनगर । उदयपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-८ मा प्र १-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया टिकामाया कार्कीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी कार्कीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक रौतामाई गाउँपालिका-७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्...
सुनको मूल्य बढ्यो, चाँदीको यथावत

सुनको मूल्य बढ्यो, चाँदीको यथावत

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुन आज पनि प्रतितोला एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने यथावत छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
आर्मीलाई पराजित गर्दै थ्री स्टार विराट गाेल्डकपकाे फाइनलमा प्रवेश

आर्मीलाई पराजित गर्दै थ्री स्टार विराट गाेल्डकपकाे फाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी नवाैं संस्करणको विराट गाेल्डकपमा थ्री स्टारले फाइनलमा स्थान बनाएकाे छ । आज राति विराटनगरकाे सहिद रंगशालामा भएकाे पहिलाे सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ गाेल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनलमा प्रवेश गरेकाे हाे । थ्री स्टारका लागि खेल सुरू भएकाे एक मिनेटमा प्रशान्त लिम्बु  र २८ औं मिनेटमा दिपेश घलेले समान एक–एक गोल गरे । यस्तै दाेस्राे हाफकाे अन्तिम समय...
विराट गाेल्डकप : पहिलाे हाफमा आर्मीविरूद्ध थ्री स्टारकाे दुई गाेल

विराट गाेल्डकप : पहिलाे हाफमा आर्मीविरूद्ध थ्री स्टारकाे दुई गाेल

विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे पहिलाे सेमिफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टारले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे पहिलाे हाफमा थ्री स्टार २-० गाेलले अग्रता कायम गरेका हाे। खेल सुरू भएकाे एक मिनेटमा थ्री स्टारका प्रशान्त लिम्बु र २८ औं मिनेटमा दिपेश घलेले एक/एक गाेल गरे । प्रतिस्पर्धात्मक खेलकाे पहिलाे हाफमा थुप्रै अवसर पाएपनि आर्मीले गाेल फर्काउन सकेन । फागुन...
‘धनकुटाको सालघारीमा साहित्यिक वर्षा’

‘धनकुटाको सालघारीमा साहित्यिक वर्षा’

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ अरुणोदय माध्यमिक विद्यालय सालघारीमा साहित्यकारहरूको जमघट भएको छ । स्थानीय स्रष्‍टाहरूको सम्मान, उत्थान तथा उन्नयनका लागि गरिएको कार्यक्रममा साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गरेका छन् । कार्यक्रममा कवि भर थापा, सुष्मा दाहाल र अनिल सुवेदी कविता वाचन गरेका थिए भने निर्मला कुँवरले मुक्तक वाचन गरेकी थिइन् । कवि थापाले ‘‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, ‘धन...
विराट गोल्डकप : पहिलो सेमिफाइनलमा आज आर्मी र थ्री स्टारबीच भिडन्त

विराट गोल्डकप : पहिलो सेमिफाइनलमा आज आर्मी र थ्री स्टारबीच भिडन्त

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आजबाट सेमिफाइनल भिडन्त सुरु हुनेछ । आजको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले प्रतिष्पर्धा गर्नेछन् । घरेलु टोली मोरङलाई १-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलमा विजयी हुने टोली फाइनल...
बसाइसराइ रोक्न स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक छ : मुख्यमन्त्री कार्की

बसाइसराइ रोक्न स्थानीय तहमै रोजगारी सिर्जना गर्न आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम्दानीको श्रोत बढाउन प्रदेशको आफ्नै आन्तरिक राजश्व कार्यालय स्थापना गर्ने तयारी थालिएको बताएका छन् । राष्ट्रिय योजना आयोगले आयोजना गरेको ‘सोह्रौँ योजनाको कार्यान्वयन तथा समपूरक र विशेष अनुदान लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले ...
विराटनगरका हरिमोहन श्रेष्ठले गरे १०३ पटक रक्तदान 

विराटनगरका हरिमोहन श्रेष्ठले गरे १०३ पटक रक्तदान 

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ दर्बेसाका शङ्कर ऋषिदेवले ७० वर्षीया आमालाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार राति उपचारका लागि विराटनगर ल्याए । विराट टिचिङ अस्पतालमा भर्ना गरेर आमाको उपचार सुरु भयो । भोलिपल्ट अर्थात बुधबार अस्पतालले रगत जोहो गर्न भन्यो । केही समय चिनेजानेका मान्छेलाई सम्पर्क गरे । अन्य माध्यमबाट पनि रगतको खोजी गरे । कतै रगत समुह मिल्दैन त कसैले के भन्छ । भौतारिरहेका उन...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८५ रुपैयाँमा ...
विराट गाेल्डकप : एनआरटीलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

विराट गाेल्डकप : एनआरटीलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

विराटनगर । विराट गाेल्डकपकाे अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी फुटबल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेकाे छ । आज राति सहिद रंगशालामा भएकाे खेलमा एनआरटीलाई २-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेकाे हाे । चर्च ब्वाइजका लागि रिचार्ड विल्सनले पहिलाे हाफमा एक गाेल गरेका थिए भने दाेस्राे हाफमा आकाश राईले एक गाेल गरे । प्रतिस्पर्धात्मक खेलमा थुप्...
विराट गाेल्डकप : अन्तिम क्वाटरफाइनलकाे पहिलाे हाफमा चर्च ब्वाइजकाे अग्रता

विराट गाेल्डकप : अन्तिम क्वाटरफाइनलकाे पहिलाे हाफमा चर्च ब्वाइजकाे अग्रता

विराटनगर । विराट गाेल्डकपकाे अन्तिम क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलमा एनआरटी क्लबविरुद्ध  चर्च व्वाइज युनाइटेडले एक गाेल गरेकाे हाे । चर्च ब्वाइजका लागि रिचार्ड विल्सनले एक गाेल गरे । फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्...
स्ववियु निर्वाचन : धनकुटाको गोकुण्डेश्वरमा स्वतन्त्र विद्यार्थी समुहको उम्मेदवारी घोषणा  

स्ववियु निर्वाचन : धनकुटाको गोकुण्डेश्वरमा स्वतन्त्र विद्यार्थी समुहको उम्मेदवारी घोषणा  

धनकुटा । धनकुटाको गोकुण्डेश्वर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहले उम्मेदवारी घोषणा गरेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि स्वतन्त्र समुहले उम्मेदवारी घोषणा गरेको हो । स्वतन्त्र समुहबाट अध्यक्षमा जितेन लोहारले उम्मेदवारी दिने भएका छन् । यस्तै सचिवमा सरोज भण्डारी र कोषाध्यक्षमा मन्दिरा शिवभक्तिले उम्मेदवारी घोषणा गरेका छन् । ‘दलीय राजनीति मुक्...
विराट गोल्डकप : आज चर्च ब्वाइज र एनआरटीबीच भिडन्त हुने

विराट गोल्डकप : आज चर्च ब्वाइज र एनआरटीबीच भिडन्त हुने

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज चर्च ब्वाइज युनाइटेड र एनआरटीबीच प्रतिष्पर्धा हुने छ । विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेपछि चर्च ब्वाइज र एनआरटीबीच अन्तिम क्वाटरफाइनल खेल हुने भएको हो । चर्च ब्वाइज र एनआरटीबीचको खेल सकिएपछि विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा हुने छ । आइतबारदेखि सेमिफाइनल खेल सुरु हुनेछ । शुक्रबार राति सम्पन्न खेलमा थ्रीस...
आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस 

आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस 

विराटनगर । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्यका साथ दिवस मनाइँदैछ । महिलालाई शि...
विराट गाेल्डकप : मच्छिन्द्रलाई पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश

विराट गाेल्डकप : मच्छिन्द्रलाई पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश

विराटनगर । मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब विराट गाेल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगशालामा भएकाे तेस्राे क्वाटरफाइनल खेलमा मच्छिन्द्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेकाे हाे । थ्री स्टारका लागि खेलकाे १४ औं मिनेटमा आशिष चापागाईं र २२ औं मिनेटमा दिपेश घलेले गाेल गरे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्...
विराट गाेल्डकपमा शनिबार महिलाहरूले नि:शुल्क प्रवेश पाउने

विराट गाेल्डकपमा शनिबार महिलाहरूले नि:शुल्क प्रवेश पाउने

विराटनगर । शनिबार महिलाहरूले निःशुल्क विराट गाेल्डकप हेर्न पाउने भएका छन् । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा महिलाहरूलाई निःशुल्क प्रवेश दिइने आयाेजकले जनाएकाे हाे । शनिबारकाे अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र एनआरटी फुटबल क्लबबीच हुने छ । फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्क...
विराट गाेल्डकप : तेस्राे क्वाटरफाइनलकाे पहिलाे हाफमा थ्री स्टारकाे अग्रता

विराट गाेल्डकप : तेस्राे क्वाटरफाइनलकाे पहिलाे हाफमा थ्री स्टारकाे अग्रता

विराटनगर । विराट गाेल्कपकाे तेस्राे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टार क्लबले मच्छिन्द्र क्लबविरूद्ध दुई गाेल गरेकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे १४ औं मिनेटमा थ्री स्टारका आशिष चापागाईंले पहिलाे गाेल गरे । यस्तै खेलकाे २५ औं मिनेटमा थ्री स्टारका दिपेश घलेले दाेस्राे गाेल थपे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्रै अवसर पाएपनि पहिलाे हाफमा गाेल गर्न सकेन । भाे...
एमाले मोरङमा अजम्बर राईको प्यानल नै विजयी

एमाले मोरङमा अजम्बर राईको प्यानल नै विजयी

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजकुमार ओझालाई पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । १० औं जिल्ला अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि अजम्बर र राजकुमार बेग्ला बेग्लै प्यानल बनाएर निर्वाचनमा सहभागि भएका थिए । शुक्रबार साँझ सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार अजम्बरसहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको हो । ...
विराट गोल्डकप : आज मच्छिन्द्र र थ्री स्टार भिड्ने

विराट गोल्डकप : आज मच्छिन्द्र र थ्री स्टार भिड्ने

विराटनगर । विराट गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुने छ । विराटनगरको सहिद रङ्गशालामा हुने रात्रिकालीन प्रतियोगितामा आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । सशस्त्र प्रहरी बलको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब र घरेलु टोली मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब गोल्डकपको सेमिफाइनमा प्रवेश गरिसकेका छन् । फागुन १९ गतेबाट सुर...
विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या

विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या

विराटनगर । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउँदा दिनप्रतिदिन वृद्धि हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले बिहीबार पत्रकारहरूलाई यो विषयमा जानकारी गराएको हो । संस्थाका पदाधिकारीहरूले वर्षेनी देशभरबाट ३५ हजार क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको बताएका छन् । सम्पर्कमा नआउँदा क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएकाले सरकारले यसतर्फ ध्यान ...
इटहरीमा शङ्कास्पद मृत्यु भएकी महिलाको रातारात दाहसंस्कार

इटहरीमा शङ्कास्पद मृत्यु भएकी महिलाको रातारात दाहसंस्कार

विराटनगर । सुनसरीको इटहरीमा महिलाको शङ्कास्पद मृत्युपछि आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको घटना बाहिरिएको छ । घटना गत फागुन ९ गतेको हो । २१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका-६ विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा घरेलु श्रमिकको रूपमा काम गर्थिन् । उनको अचानक मृत्यु भएपछि गुप्ताले आफन्तलाई खबर नगरी दाहसंस्कार गरेपछि घटनाले नयाँ मोड लिएको हो । आफन्तका अनुसार चन्दा श्...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेको चाँदी आज ...
कोशी सरकारले कडा रोग लागेका बिरामीका लागि ८ करोड ६० लाख निकासा गर्ने 

कोशी सरकारले कडा रोग लागेका बिरामीका लागि ८ करोड ६० लाख निकासा गर्ने 

विराटनगर । कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको  हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने ...
सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदीबहिनीको पिकअपले ठक्कर दिँदा मृत्यु

सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदीबहिनीको पिकअपले ठक्कर दिँदा मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ हात्तीसारमा पिकअपले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु भएको छ । डिमगेटबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्र १-०५००१ च ००९२ नम्बरको पिकअपले बिहीबार साँझ ७ः३० बजेतिर ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । प्रहरीका अनुसार दिदीबहिनी सडक पेटीमा बसेर चटपटे खाइरहेका थिए । दुर्घटनामा सप्तरी घर भइ त्रियुगा-१२ दुर्गा टोलमा डेरा गरी बस्ने १२ वर्षीया देवीकुमारी दास र उन...
धनकुटाको पाख्रीबासमा ट्रक दुर्घटना 

धनकुटाको पाख्रीबासमा ट्रक दुर्घटना 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ सिंहदेवी चोकमा ट्रक दुर्घटना भएको छ । भोजपुरबाट काठको गोलिया लिएर सुनसरी तर्फ जाँदै गरेको ट्रक बिहीबार बेलुका दुर्घटना भएको हो । दुर्घटनामा चालक धनकुटा नगरपालिका-९ बेलाहराका २५ वर्षीय सन्दिप बस्नेत घाइते भएका छन् । उनलाई स्थानीय पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ । प्रहरी...
error: Content is protected !!