जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जिम्मेवार नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिर निस्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको बताए ।
उनले संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उल्लेख गरे । आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर...
































