सुमनाले परित्याग गरिन् रास्वपा

सुमनाले परित्याग गरिन् रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी हुन् । ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ’, उनले भनेकी छन् ।
जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, परिवारलाई १० लाख राहत

जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, परिवारलाई १० लाख राहत

विराटनगर । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने भएको छ । यस्तै मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ । पदभार ग्रहण गरेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यस्तै प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि जानकारी दिइएको छ । प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । त्यसमध्ये ५९...
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी पनि कार्कीले गरेकी छन् ।
विराटनगरमा तरकारी बोकेको गाडीबाट बरामद भयो २६२ किलो गाँजा, तीन जना पक्राउ

विराटनगरमा तरकारी बोकेको गाडीबाट बरामद भयो २६२ किलो गाँजा, तीन जना पक्राउ

विराटनगर । विराटनगरबाट ठूलो परिमाण गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-५ की २० वर्षीया सन्जु तामाङ, २२ वर्षीय निखिल घिमिरे र विराटनगर-१८ का श्यामकुमार यादव छन् । विराटनगर-१५ बाट शनिबार राति करिब ११ः३० बजे बन्दाकोपी लोड भएको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीबाट २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिल...
आजदेखि सुकिला नोट सटही सुरु, यी स्थानमा साट्न सकिन्छ

आजदेखि सुकिला नोट सटही सुरु, यी स्थानमा साट्न सकिन्छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैँका लागि आजबाट सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका अनुसार असोज १० गतेसम्म सुकिला नोट साट्न सकिन्छ । जेनजीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क तथा अन्य बैङ्क तथा वित्तिय संस्थामा धेरै भौतिक क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको थापाथलीमा रहे...
धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा सहिदभूमि गाउँपालिका-२ का १८ वर्षीय खगेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सोही ठाउँका २३ वर्षीय सचिन परियार घाइते भएका छन् । शनिबार बिहान को २ त ८६९९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेको धनकुटा प्र...
प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने तयारी भएको छ । शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेपछि शपथ लिएर संसद विघटन गरेकी प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने तयारी छ । पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरेकी छन् । उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहे...
प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव हुने

काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । जेनजी अर्थात युवा पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार प्रधानमन्त्री बनेकी हुन् । उनले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिन् । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्दै प...
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराएका हुन् । जेनजी आन्दोलनको बलमा उनी प्रधानमन्त्री बसेकी हुन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरेर उनलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।
आन्दोलनमा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन प्रहरीको आग्रह

आन्दोलनमा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन प्रहरीको आग्रह

विराटनगर । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै देशका विभिन्न स्थानमा भएका त्यस्ता घटनाका तस्बिर तथा भिडियो मेल ([email protected]) मा पठाइदिन आग्रह गरेको हो । ‘काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटप...
धरानको भाटभटेनीमा जलेर चार जना खरानी

धरानको भाटभटेनीमा जलेर चार जना खरानी

विराटनगर । सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेर चार जना खरानी भएका छन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र लुटपाटमा भित्र पसेका चार जना जलेर खरानी भएको अनुमान गरिएको छ । ‘दोस्रो तलामा एक जना र चौथो तलामा तीन जना जलेर खरानी भएको अवस्थामा भेटिएको छ’, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले संगालोखबरसँग भने, ‘जलेर खरानी भएको अवस्थामा केही अंगमात्रै फेला परेको छ ।’ उ...
विराटनगरमा संविधान रक्षाका लागि पत्रकार र कानुन व्यवसायीको प्रदर्शन

विराटनगरमा संविधान रक्षाका लागि पत्रकार र कानुन व्यवसायीको प्रदर्शन

विराटनगर । संविधान रक्षाका लागि भन्दै पत्रकार र कानुन व्यवसायीहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज दिउँसो १ बजे विराटनगरस्थित नेपाल बार एसोसिएसन अगाडि भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन् । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन र नेपाल पत्रकार महासंघले देशव्यापी प्रदर्शन गरेका छन् । केन्द्रीय बारका पदाधिकारीहरूको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्...
धनकुटामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै

धनकुटामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै

धनकुटा । धनकुटामा निषेधाज्ञा खुकुलो बनाइएसँगै जनजीवन सामान्य बन्दै गएको गएको छ । दिउँसो जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै आज बजारमा चहलपहल बढेको छ । जिल्ला प्रशानन कार्यालयले दिउँसो निषेधाज्ञा र राती कर्फ्यु आदेश जारी गरेको छ । धनकुटामा आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी छ । निषेधाज्ञा खुकुलो बनाइएसँगै गाउँदेखि आवश्यक सामान किनमेल गर्न मानिसहरू बजार आउन थालेक...
झुम्का कारागारबाट भागेका १४ कैदी धरानमा पक्राउ

झुम्का कारागारबाट भागेका १४ कैदी धरानमा पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदी धरानबाट पक्राउ परेका छन् । धरान प्रहरीले नेपाली सेनाको सहयोगमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरू कर्तव्य ज्यान, बलात्कार, लागूऔषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका कैदीहरू छन् । पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखेर सेनाको कडा सुरक्षाका बीच झुम्का कारागार लगिएको छ । फरार कैदीको खोजी ...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

विराटनगर । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको हो । जसमा तीन प्रहरी र एक भारतीय महिला पनि छन् । कोशी प्रदेशमा पनि चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार थप विवरण संकलन गर्ने काम भइरहेको छ ।
सांसद शर्माको सुझाव : प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

सांसद शर्माको सुझाव : प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

विराटनगर । संघीय सांसद डा. सुनिल शर्माले संवैधानिक बाटोबाट अहिलेको विषम परिस्थितिको समाधान खोज्न तथा राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद शर्माले यस्तो आह्वान गरेका हुन् । उनले अहिलेको विषम परिस्थितिमा सबै राजनैतिक पार्टीहरूले आफ्नो स्वार्थ निहित छलकपट र दाउपेच नगरी आम जनताको पक्षमा देशलाई भ्रष्टाचार रहित, विकासोन्मुख र समृद्धिको बाटोमा लैजान नयाँ ...
विराटनगरका पेट्रोल पम्पमा सवारी साधनको लाइन (फोटो फिचर)

विराटनगरका पेट्रोल पम्पमा सवारी साधनको लाइन (फोटो फिचर)

विराटनगर । आज विराटनगरका पेट्रोल पम्प खुलेपछि इन्धन भर्न सवारी साधनको लाइन लागेको छ । जेनजीहरूको प्रदर्शनका कारण उत्पन्न परिस्थितिका कारण लगाइएको निषेधाज्ञा र कर्फ्युका कारण बन्द रहेका पेट्रोल पम्प आज खुल्ला भएका हुन् । केही पेट्रोल पम्प भने बन्द नै छन् । खुल्ला रहेका पेट्रोल पम्पमा इन्धन भर्ने सवारी साधनको लामो लाइन लागेको छ ।
धरानको भाटभटेनीमा जलेको अवस्थामा भेटियो शव

धरानको भाटभटेनीमा जलेको अवस्थामा भेटियो शव

विराटनगर । सुनसरीको धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको भाटभटेनीमा आज बिहान शव फेला परेको हो । भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा कंकाल मात्रै फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । अहिलेसम्म शवको पहिचान खुल्न नसकेको डीएसपी जबेगुले बताए । ‘अन्य तीन जना पनि हराइरहेको भनेर जानकारी आएको छ’, डीएसपी जबेगुले...
संविधान रक्षाका लागि बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्ने

संविधान रक्षाका लागि बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने भएको छ । संविधान रक्षाका लागि भन्दै नेपाल बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो । केन्द्रीय बारका पदाधिकारीहरूको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै एसोसिएसनले बेलुका ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने तयारी गरेको छ । कान...
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला दुई लाख १५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर दुई हज...
मोरङमा दिउँसो ४ बजेसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि कर्फ्यु

मोरङमा दिउँसो ४ बजेसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि कर्फ्यु

विराटनगर । मोरङमा आज दिउँसो ४ बजेसम्मका लागि निषेधाज्ञाको समय तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको जनाएको छ । बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यस्तै बैंक तथा वित्तीय संस्थाहरू सिमित कर्मचारी राखेर सञ्चालन गर्न पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ । ...
संवैधानिक दायरामा रहेर समस्या समाधानको प्रयास भइरहेको छ : राष्ट्रपति

संवैधानिक दायरामा रहेर समस्या समाधानको प्रयास भइरहेको छ : राष्ट्रपति

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयास भइरहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफूले प्रयास गरिरहेको बताएका छन् । ‘मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु’...
भोजपुरमा निषेधाज्ञा, पाँच जना भन्दाबढी भेला हुन रोक

भोजपुरमा निषेधाज्ञा, पाँच जना भन्दाबढी भेला हुन रोक

भोजपुर । भोजपुरमा निषेधाज्ञा आदेश जारी भएको छ । विभिन्न स्थानहरूमा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको हो । प्रमुख जिल्ला अधिकारी राजिव पन्थीद्वारा जारी गरिएको सूचनामा आज बिहान ९ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा जारी गरिएको जनाइएको छ । सो अवधिमा पाँच जना भन्दाबढी व्यक्ति भेला हुन नप...
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नियमित पठनपाठन छठ पर्वपछि मात्रै हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण समस्या भएको जनाउँदै आगामी कात्तिक ११ गतेपछि मात्रै पठनपाठन सुरु हुने जनाएको हो । हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
धनकुटामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

धनकुटामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

धनकुटा । धनकुटामा कर्फ्यु हटाएर निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचना मार्फत जनाएका छन् । निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ । आदेशको अवज्ञा गरेमा कानुन अनुसार कारबाही गरिने जनाइए...
मोरङमा आज दिनभर निषेधाज्ञा, बेलुका ५ बजेपछि कर्फ्यु

मोरङमा आज दिनभर निषेधाज्ञा, बेलुका ५ बजेपछि कर्फ्यु

विराटनगर । मोरङमा आज दिनभर निषेधाज्ञा जारी गरिएको छ । बेलुका ५ बजेदेखि शुक्रबार बिहानसम्म कर्फ्यु आदेश निरन्तर रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मोरङमा २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति भद्रपुर–६ मा भएको दुर्घटनामा ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो । मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा प्र ३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ इलामाबाट घर फर्कँदै थिए । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प...
धनकुटामा कर्फ्यु

धनकुटामा कर्फ्यु

धनकुटा । धनकुटामा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बेलुका ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । धनकुटाको उत्तरमा कागते, पूर्व खनिया बास, पश्चिम आद्यौगिक ग्राम र दक्षिणमा चुलिबन क्षेत्रमा कफ्र्यू जारी गरिएको छ । सो अवधिमा अत्यावयक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक आयोगका सवारी साधन मात्रै चल्न पाउने जनाइएको छ ।
देशभर निषेधाज्ञा र कर्फ्यु

देशभर निषेधाज्ञा र कर्फ्यु

विराटनगर । नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट गरिरहेको सेनाले उल्लेख गरेको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासमा सहकार्यका लागि स...
विराटनगरमा आन्दोलनको मौका छोपेर चोर्दै गर्दा दुई भारतीयसहित चार जना पक्राउ

विराटनगरमा आन्दोलनको मौका छोपेर चोर्दै गर्दा दुई भारतीयसहित चार जना पक्राउ

विराटनगर । विराटनगरमा आन्दोलनको मौका छोपेर चोरी गर्ने क्रममा दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेर लैजादै गरेको सामानसहित उनीहरुलाई गएराती प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १८ का ७० बर्षीय चन्दन मण्डल र सोही स्थानका ३९ बर्षीय गंगाप्रसाद मण्डल छन् । त्यस्तै, भारतका २० बर्षीय अभिषेक प्रसाद र २५ बर्षीय रामतेश प्रसादलाई पनि चोरी गर्दै गर्दा...
विराटनगरमा टायर बालेर प्रदर्शन

विराटनगरमा टायर बालेर प्रदर्शन

विराटनगर । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन आज विराटनगरमा टायर बालेर प्रदर्शन भइरहेको छ । आज प्रदेश सभा नजिकै देवकोटा चोक र बसपार्कमा आन्दोलनरत पक्षले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई मध्यनजर गर्दै विराटनगरमा कर्फ्यु आदेश समेत जारी गरिएको छ । प्रदेशसभा सचिवालयसँगै विराटनगरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
error: Content is protected !!