एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदानको समय सारिएको छ । आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमतिको प्रयासका लागि भन्दै सारिएको हो ।
शनिबारदेखि विराटनगरमा सुरु भएको १० औँ अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी थियो । तर सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । २ बजेबाट पनि मतदान सुरु हुने सम्भावना न्यून रहेको जनाइएको छ ।
पाँच पदाधिकारीसहित एक सय ६...

























