शिवमहापुराणमा एक करोड बढी आर्थिक सङ्कलन
धनकुटा । धनकुटा नगरपालिका-९ स्थित तमोर नदि किनारमा अवस्थित विश्रान्ति मन्दिरमा लगाइएको शिवमहापुराणबाट एक करोड २० लाख रुपैयाँ बढी आर्थिक रकम सहयोग भएको छ । गुरुकुल तथा वृद्धाश्रमलाई व्यवस्थित गर्न गत फागुन ४ देखी १५ गतेसम्म सञ्चालन भएको शिवमहापुराणबाट उक्त रकम सङ्कलन भएको हो ।
शिवमहापुराणमा एक जनाबाटै सबैभन्दा बढी ११ लाख ११ हजार एक सय २१ रुपैयाँ र दुई जनाबाट जनही ११ लाख ११ हजार एक सय ११ रुपैयाँ ...

























