विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ

विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । विराटनगर-५ स्थित रिङ रोडबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-३ का २२ वर्षीय मुकेशकुमार चौधरी छन् । विशेष सूचनाका आधारमा दुहबीबाट खटिएको प्रहरी टोलीलाई बुधबार राति ११ बजे पक्राउ गरेको हो । प्रहरीलाई देख्नेबित्तिकै उनले झोला फ्याँकेर भागेका थिए । झोलाभित्र १८ किलो पाँच सय ८० ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडा...
सुनको मूल्य एकैदिन ५९ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य एकैदिन ५९ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको पाँच हजार नौ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ७० रुपैयाँ बढेर तीन हजार ...
कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण देवकोटा चोकको कोशी प्रदेश सभा ध्वस्त भएपछि कटहरी स्थित तरकारी बजारमा सारिएको छ । प्रदेश सभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो । कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उप-सभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । कार्यालय व्यवस्थापन पूर...
धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना ...
कोशी प्रदेशसभा सचिव खड्काले लिए शपथ

कोशी प्रदेशसभा सचिव खड्काले लिए शपथ

विराटनगर । कोशी प्रदेशसभाको सचिवमा नियुक्त भएका सुदर्शन खड्काले शपथग्रहण गरेका छन् । आज प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कटहरी स्थित कृषि बजारमा सपथ गराएका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड हुँदा कोशी प्रदेश सभा ध्वस्त भएपछि कृषि बजारमा प्रदेश सभा सारिएको हो । तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।
नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको घोषणा गरेको छ । अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप नोबेलले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा गरेको हो । कात्तिक २६ गते नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सञ्चालक डा. सु...
धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को...
जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा दुई छिमेकीबीच भएको झगडामा मुकदर्शक भएको भन्दै प्रहरी सहायक हबल्दारमाथि कारबाही अघि बढाइएको छ । कात्तिक १० गते साँझ ३८ वर्षीय मुकुन्द साह र उनकी श्रीमती ३२ वर्षीया सिमादेवी साहमाथि छिमेकी ५० वर्षीय बिन्देश्वर सरवरीयाको परिवारले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । सो घटनामा मुकदर्शक भएको भन्दै प्रहरी चौकी बुधनगरमा कार्यरत प्रहरी हबल्दार मुक...
लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा लम्पी स्कीन रोगका कारण एक हजार बढी पशु चौपायाको मृत्यु भएको छ । प्रदेशका तीन लाख ९४ हजार पाँच सय ८५ चौपायामध्ये तीन लाख एक सय ५४ मा लम्पी स्कीनको संक्रमण देखिएको थियो । जसमध्ये एक हजार एक सय १६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो । लम्पी स्क...
कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त, सपथ दिउँसो ३ बजे

कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त, सपथ दिउँसो ३ बजे

विराटनगर । कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् । उनको शपथग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि प्रदेश सभा सचिवालय नेतृत्वविहीन अव...
कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनिषाको मृत्यु

कोरियामा ट्रकले ठक्कर दिँदा झापाकी २२ वर्षीया मनिषाको मृत्यु

विराटनगर । दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा ट्रकले ठक्कर दिँदा नेपाली युवतीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका स्थित तोपगाछीकी घर भएकी २२ वर्षीया मनिषा दाहालको मृत्यु भएको हो । मालवाहक ट्रकको ठक्कर बाट गम्भीर घाइते भएकी उनलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । कलेजको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्घटनामा परेको जनाइएक...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा सोरेन गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्रयाक्टर घरबाट निकाल...
धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २३ वर्षीय सिद्धार्थ राई छन् । मंगलबार राति करिब ७ः४० बजे प्र १-०२-०५३ प ९९८१ नम्बरको मोटरसाइकलमा धरानतर्फ आइरहेका राईलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा राईले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ...
सुनको मूल्य २१ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २१ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई हजार एक सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर तीन हजार ...
थपिए २ लाख ९ हजार मतदाता, चाप बढेपछि २ सिफ्टमा काम

थपिए २ लाख ९ हजार मतदाता, चाप बढेपछि २ सिफ्टमा काम

काठमाडौं । २ लाख ९ हजार ५ सय ५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार यो तथ्याङ्क गत असोज १० गतेदेखि  मंगलबारसम्मको हो । मंगलबार एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले मंगलबार नाम दर्ता गराएका हुन् । आयोगका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक ...
विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगर–३ बरगाछी चोक नजिकै भएको सवारी दुर्घटनामा महिलाको मृत्यु भएको छ । भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हाे । कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो । ट्रककाे ठक्करबाट मो...
सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ भुटाहा पुलस्थित भित्री सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार भोक्राहा-२ की अन्दाजी ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको हो । आज बिहान करिब ११ः४५ बजे सप्तरीबाट हरिनगरातर्फ जाँदै गरेको प्र १-०२-००१ ख ९२०७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई ठक...
धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान कार्यलयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि ...
विराटनगरमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

विराटनगरमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

विराटनगर । एमाले विराटनगर महानगर कमिटीसहित ६ वटा छिमेकी पालिका कमिटीले आज मोटरसाइकल र्‍याली निकालेका छन् । विराटनगरसहित बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदा पालिका कमिटीले मोटरसाइकल र्‍याली निकालेका हुन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीबाट निकालिएको मोटरसाइकल र्‍याली रोडशेषबाट मेनरोड हुँदै पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई नेताहरूले सम्बोधन गरिरहेका छन् । संविधान र...
मनमोहनका विद्यार्थीले बनाए ‘स्मार्ट हार्वेस्ट’ र ‘सोलार पोडवे’ 

मनमोहनका विद्यार्थीले बनाए ‘स्मार्ट हार्वेस्ट’ र ‘सोलार पोडवे’ 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषि कार्यका विभिन्न उपकरण बनाएका छन् ।  एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने विभिन्न मेसिन र सिस्टम उपकरणहरू बनाएका हुन् । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमातर्फ अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले धान काट...
अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई साता नाघेको छ । कक्षा ५ मा पढ्ने गौतम असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निक्लिएकी थिइन् । तर उनी घर फर्किइनन् । उनी हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी बनभित्र क्षतविक्षत अवस्थामा शव भेटियो । शव भेटिएको १८ दिन हुँदा पनि  पनि उनको मृत्युको कारण खुल्न सकेको छैन । शरीर र टाउको ...
निर्वाचन क्षेत्रमा सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

निर्वाचन क्षेत्रमा सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

विराटनगर । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य सम्मान गरेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित गोहीहोली खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न पुगेका शर्मालाई सोमबार जनताले सम्मान गरेका हुन् । खोलामा पुल नहुँदा उक्त स्थानको जनजीवन लामो समयदेखि कष्टकर थियो । वर्षायाममा आवत-जावत जोखिमपूर्ण मा...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले मंगलबार पदमुक्त गरेका हुन् । प्रदेश प्रम...
सुनको मूल्य ४९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ४९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज चार हजार ९ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारो...
फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्छ : मुख्यमन्त्री कार्की

फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए । बाल्यकालदेखि...
उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बगाहा-४ स्थित गाईघाट कदमाहा सडकखण्डमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको गाडी त्रियुगा नगरपालिका-४ को बगाहा सडकखण्डमा आज अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते हुनेमा त्रियुगा नगरपालिका-२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रियुगा नगरपालिका-१२ का १७ वर्षीया प्रतीजा विक...
कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा परेको छ । फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । प्रदेश सरकारद्वारा २०८१ साल चैत १९ गते प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भए अनुसार भोलि सार्वजनिक बिदा परेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै भोलि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द रहने जनाएको छ ।
धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै

धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै

धनकुटा । धनकुटा नगरपालिका-२ स्थित सल्लेरी सामुदायिक बनभित्र एक अनौठो घर छ । जंगलमा ओडार र गुफा देख्नेहरूलाई पनि यसले अच्चम्मित तुल्याउँछ । कारण, भीरको ढुंगा मुनि गौँथलीको गुँडजस्तै देखिने घरमा मानव शरीरका हड्डीहरू छन् । उक्त घरमा कुनै समय पञ्चकन्या आएर बसेको किम्वदन्ती छ । रातको समयमा टुकी बालेर बस्दा दुस्मनले साँगुरीगढी आसपासबाट बाण हानेर उनीहरूलाई मारेको किम्वदन्ती रहेको स्थानीय रणबहादुर बस्...
झुम्का कारागारका कैदीको मृत्यु

झुम्का कारागारका कैदीको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । कारागारको ‘बी’ बन्दीगृहका बन्दी ५३ वर्षीय सुधना सरदारको मृत्यु भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि जिल्ला जिल्ला अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १...
कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

विराटनगर । कोशी प्रदेशलाई खोरेतमुक्त बनाउने लक्ष्यअनुरूप विराटनगर महानगरपालिकाबाट निःशुल्क खोप अभियान सुरु गरिएको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा खोप अभियान सुरु गरिएको हो । विराटनगर-१२ स्थित बञ्जारा एग्रो फार्मबाट खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिका...
भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौँ: युवा नेता कटेल

भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौँ: युवा नेता कटेल

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा नेकपा एमाले महालक्ष्मी-७ को वडा भेलालाई सम्बोधन गर्दै युवा नेता कटेलले यस्तो बताएका हुन् । वडाभेलाका प्रमुख अतिथिसमेत रहेका नेता कटेलले निश्चित स्वार्थपूर...
error: Content is protected !!