जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ बर्षपछि पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ बर्षपछि पक्राउ गरेको छ । अदालतले सजाय सुनाएर पनि फरार रहेका त्रियुगा नगरपालिका–६ का ३३ बर्षीय देव राईलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरले २०७१ साउन १७ गते जबरजस्ती करणी मुद्धामा राईलाई ५ बर्ष कैद सजाय सुनाएको थियो । उनी त्यसयता फरार थिए । उनलाई आज बिहान करिब ११ बजे पक्राउ गरेर तोकिएको सजाय भु...
३ बर्षे बालकको शव कुलोमा

३ बर्षे बालकको शव कुलोमा

मोरङ । मोरङको केरावारी गाउँपालिका–७ मा ३ बर्षे बालकको शव कुलोमा भेटिएको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई केरावारीस्थित मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन मृत फेला परेका हुन् । घर नजिकै रहेको पानीको कुलोमा उनी मृत फेला परेको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । बिहिवार राती साँढे ९ बजे बालक कुलोमा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी टोली घटनास्...
सुनसरीमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा नेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको ट्रान्समिटरको पोलमा नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा देवानगंज–२ मुसरी टोलका २० बर्षीय महबुज अन्सारीको मृत्यु भएको हो । बिहिबार साँझ ५ बजे बिजुलीको ट्रान्समिटरको पोलमा चढेर नेटको तार जोड्ने क्रममा करेन्ट लागेर अन्सारी वेहोस भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्याईएका उनकोे साँझ करिव ६ बजे मृत्य...
असोज भित्र सबै तहको परीक्षा संचालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी

असोज भित्र सबै तहको परीक्षा संचालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको पर...
२०७७ साउन २ गते शुक्रबार/आजको राशिफल

२०७७ साउन २ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २ गते शुक्रबार ई. सं. २०२० जुलाइ १७, नेपाल सम्बत ११४० दिल्लागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, रोहिण्ी नक्षत्र, वृद्धि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ७ ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै ...
खोलाले बगाउँदा बृद्धको मृत्यु

खोलाले बगाउँदा बृद्धको मृत्यु

झापा । झापाको अर्जुनधारामा खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा अर्जुनधारा–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । बुधवार साँझ साँढे ५ बजे बजारबाट किनमेल गरी घर फर्किदै गर्दा बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा बस्नेतलाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका बस्नेतको खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६ सय मिटर तल उनक...
धनकुटामा कार्यरत सरकारी कर्मचारीले गरे टेलिकमको सर्भर ह्याक, सिआईबीद्वारा पक्राउ

धनकुटामा कार्यरत सरकारी कर्मचारीले गरे टेलिकमको सर्भर ह्याक, सिआईबीद्वारा पक्राउ

धनकुटा । नेपाल टेलिकमको सर्भर ह्याक गरी अबैध कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धनकुटामा कार्यरत एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्यूटर अपरेटर दिवाकर देउजालाई सिआईबीको टोलीले बुधबार पक्राउ गरेको हो । सिआईबीको टोलीले धनकुटाको पाख्रीवास नगरपालिका–५ घर भएका २५ बर्षीय देउजालाई शहरी विकास कार्यालयबाट नियन्त्रणमा लिएको धनकुटाका प्...
२०७७ साउन १ गते बिहिबार/आजको राशिफल

२०७७ साउन १ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन १ गते बिहिबार ई. सं. २०२० जुलाइ १६, नेपाल सम्बत ११४० श्रावण कृष्ण एकादशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ७:२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा...
धनकुटामा पुनः थपिए कोरोना संक्रमित

धनकुटामा पुनः थपिए कोरोना संक्रमित

धनकुटा । धनकुटाका थप एक युवामा आज कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–७ जीतपुरका २४ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोराना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले जानकारी दिए । २७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएको थियो । परीक्षणका क...
कर्मचारीले घुस लिँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता

कर्मचारीले घुस लिँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राही...
विद्यालय खोल्न स्थानीय तहको दबाव

विद्यालय खोल्न स्थानीय तहको दबाव

काठमाडाैं । देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाव दिएका छन् । राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न दबाव दिएका हुन् । सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अधिकारीहरुको बैठकमा सबै प्रदेशको सामाजिक मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय खोल्न माग गरेको हो । त्यसलगत्तै मन्त्रालयले विद्यालयल खोल...
२०७७ असार ३१ गते बुधबार/आजको राशिफल

२०७७ असार ३१ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ३१ गते बुधबार ई. सं. २०२० जुलाइ १५, नेपाल सम्बत ११४० दिल्लागा दशमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ७ ः २ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दि...
धनकुटामा बिदेशबाट आएका तीन जनामा भेटियो कोरोना संक्रमण

धनकुटामा बिदेशबाट आएका तीन जनामा भेटियो कोरोना संक्रमण

धनकुटा । बिदेशबाट आएका धनकुटाका तीन पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई र सहिदभूमी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षण गर्दा छथर जोरपाटी–३ का ३८ बर्षीय पुरुष, छथर जोरपाटी ६ का ३९ बर्षीय पुरुष र सहिदभूमी–२ का २८ बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाब संकलन गरी पठाईएका ३२ जनाको धरानस्...
धनकुटाका दुई सरकारी कार्यालयमा निर्माण व्यवसायीद्वारा तालाबन्दी

धनकुटाका दुई सरकारी कार्यालयमा निर्माण व्यवसायीद्वारा तालाबन्दी

धनकुटा । निर्माण व्यवसायीहरुले धनकुटाका दुई सरकारी कार्यालयमा आज तालाबन्दी गरेका छन् । निर्माण सम्पन्न भएका कामको भुक्तानी नदिएको भन्दै व्यवसायीहरुले शहरी बिकास तथा भवन निर्माण कार्यालय र प्रदेश लेखा इकाई कार्यालयमा ताला लगाएका हुन् । निर्माण सम्पन्न भएका कामको असार मसान्तभित्र भुक्तानी दिईसक्नुपर्ने भएपनि भुक्तानी रोकेकाले तालाबन्दी गरिएको निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य यज्ञप्रसाद ख...
कक्षा ११ मा नयाँ पाठ्यक्रम

कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौं । सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ । नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह...
सडकमा गुड्न थाले सार्वजनिक यातायात

सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारद...
२०७७ असार ३० गते मंगलबार/आजको राशिफल

२०७७ असार ३० गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ३० गते मंगलबार ई. सं. २०२० जुलाइ १४, नेपाल सम्बत ११४० दिल्लागा नवमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, अश्रिवनी नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ७ ः २ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिश...
धनकुटामा पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटामा पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पोखरीमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । सिचाईका लागि निर्माण गरिएको पोखरीमा डुब्दा चौबिसे–२ की ३२ बर्षीया सरस्वती मगरको मृत्यु भएको हो । चौबिसे–२ मा सिचाईका लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा बिहान करिब ९ बजे मगर डुबेकी हुन् । हिड्दै गर्दा चिप्लिएर पोखरीमा खसेकी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीयबासीले घट...
अब देशभरका हरेक वडामा वाईफाई

अब देशभरका हरेक वडामा वाईफाई

काठमाडौं । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘...
सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्ने बारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् । सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए...
२०७७ असार २९ गते सोमबार/आजको राशिफल

२०७७ असार २९ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २९ गते सोमबार ई. सं. २०२० जुलाइ १३, नेपाल सम्बत ११४० दिल्लागा अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण पञ्चमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, सुकर्मा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१८ बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
संखुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभा । संखुवासभामाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।
झापामा बाढीका कारण एकको मृत्यु, पाँच परिवार विस्थापित

झापामा बाढीका कारण एकको मृत्यु, पाँच परिवार विस्थापित

झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चा...
२०७७ असार २८ गते आइतबार/ आजको राशिफल

२०७७ असार २८ गते आइतबार/ आजको राशिफल

बि.सं.२०७७ साल असार २८ गते आइतबार ई. सं. २०२० जुलाइ १२, नेपाल सम्बत ११४० दिल्लागा सप्तमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, उतरभाद्र नक्षत्र, अतिगंड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्...
कृषकलाई मकै रोप्ने मेसिन प्रदान

कृषकलाई मकै रोप्ने मेसिन प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकेट क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिनसहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उ...
४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौं । असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहँदा निर्धारित समयमा बजेट प्रस्तुत हुन नसकेको जनाइएको छ । प्...
शुल्क तिरेर कोरोना परीक्षण गराउन पाइने

शुल्क तिरेर कोरोना परीक्षण गराउन पाइने

काठमाडौं । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय नि...
२०७७ असार २७ गते शनिबार/आजको राशिफल

२०७७ असार २७ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २७ गते शुनिबार ई. सं. २०२० जुलाइ ११, नेपाल सम्बत ११४० दिल्लागा षष्ठी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण षष्ठी, चन्द्रमा मीन राशिमा, पूर्वषाढा नक्षत्र, शोभान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिश...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ गरेका छन् । दमक नगरपालिका–१ बाट गएराती ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । ४९.१ ग्राम लागुऔषध ब्राउन सुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ बस्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ का १६ बर्षीय रोहन राई पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ...
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

ईलाम । ईलाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । खेत जोतेर फर्कदै गरेको मे.१ त.७४४० नम्बरको ट्याक्टर माई नगरपालिका–१ पालटारमा दुर्घटना हुँदा ट्याक्टर चालक स्थानीय २१ बर्षीय सुजन बिश्वकर्मा र ११ बर्षीय नितेश गिरीको मृत्यु भएको हो । त्यस्तै ट्याक्टरमा सवार १९ बर्षीय समिर बिश्वकर्मा घाईते भएका छन् । झापाको बि.एण्ड.सी. अस्पतालमा उनको उपचार भईरहेको छ । खेत जोतेर फर्...
२०७७ असार २६ गते शुक्रबार/आजको राशिफल

२०७७ असार २६ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २६ गते शुक्रबार ई. सं. २०२० जुलाइ १०, नेपाल सम्बत ११४० दिल्लागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सौभाग्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ...
error: Content is protected !!