प्रदेश १ का तीन जिल्लामा थपिए ९३ कोरोना संक्रमित
बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा शुक्रबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी र झापाका २८ महिला र ६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मोरङमा २२ महिला र ४० पुरुषमा कोरोना संक्रमण देखिएको छ । मोरङको बिराटनगरमा १३ महिला र २० पुरुष, रंगेलीमा ९ महिला र १९ पुरुष र सुन्दरहरैंचामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीमा ४ महिल...



























