
बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा शुक्रबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी र झापाका २८ महिला र ६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मोरङमा २२ महिला र ४० पुरुषमा कोरोना संक्रमण देखिएको छ । मोरङको बिराटनगरमा १३ महिला र २० पुरुष, रंगेलीमा ९ महिला र १९ पुरुष र सुन्दरहरैंचामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीमा ४ महिला र १८ पुरुषमा कोरोना संक्रमण भेटिएको छ । धरानका १ महिला र १ पुरुष, दुहबीका २ महिला र ११ पुरुष, ईटहरीका २ पुरुष, रामधुनीका १ महिला, घुस्कीका ३ र देवानगन्जका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तैगरी झापामा २ महिला र ७ पुरुषमा कोरोना संक्रमण देखिएको छ । दमकका २ महिला र ४ पुरुष, भद्रपुरका २ र शिवसताक्षीका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमण हुँनेको संख्या १ हजार ८ सय ४ पुगेको छ । जसमध्ये १ हजार ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म ९ जनाको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।















