
विराटनगर । बिहिबार प्रदेश १ का पाँच जिल्लामा ११३ कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, ईलाम र उदयपुरका ३० महिला र ८३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मोरङका ८८ जना, सुनसरीका १९ जना, ईलामका ४ जना तथा उदयपुर र झापाका एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । मोरङको बिराटनगरका २२ महिला र ३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बुढिगंगाका २५ पुरुष, कटहरीका २ महिला र १ पुरुष पनि कोरोना संक्रमित भएका छन् ।
त्यस्तै सुनसरीको ईटहरीका ३ महिला र १० पुरुष, दुहबीका ३ पुरुष, धरानका १ महिला तथा बराहक्षेत्र र रामधुनीका एक÷एक पुरुषमा कोरोना संक्रमण पत्ता लागेको छ । त्यस्तैगरी ईलामको सन्दकपुरका ४ पुरुष, झापाको बिर्तामोडका १ पुरुष र उदयपुरका १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमित हुँनेको संख्या १ हजार ७ सय ११ पुगेको छ । जसमध्ये १ हजार ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।















