मोरङको रतुवामाईमा बोक्सी भन्दै बृद्धामाथि निर्घात कुटपिट
विराटनगर । एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले। श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए।
उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न था...





























