धनकुटाका थप दुई जनामा कोरोना संक्रमण

धनकुटाका थप दुई जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ११ जनाको पीसीआर परीक्षण गर्दा गएराती दुई पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । शहिदभूमि गाउँपालिका–४ का ३१ बर्षीय पुरुष र छथर जोरपाटीका ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । योसँगै धनकुटा जिल्ला अस्पतालमा गरिएको पीसीआर परीक्षणका आधारमा दोस्रो चरणको...
विराटनगरको रानी नाकाबाट तीन सातामा ४८ कोरोना संक्रमित नेपाल भित्रिए

विराटनगरको रानी नाकाबाट तीन सातामा ४८ कोरोना संक्रमित नेपाल भित्रिए

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरस्थित रानी नाकाबाट पछिल्लो २१ दिनमा कूल ४८ जना कोरोना संक्रमित नेपाल भित्रिएका छन् । बैशाख १ गतदेखि २१ गतेसम्मको अवधिमा रानी नाका हुँदै ३७ महिला र ११ पुरुष नेपाल भित्रिएका हुन् । सो अवधिमा रानी नाकाबाट नेपाल प्रवेश गर्ने १ हजार ४ जनाको एन्टिजेम परीक्षण हुँदा ४८ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु पठनपाठन र रोजगारीको शिलशिलामा भारत बसेर फर्किएकाहरु हुन् ...
विराटनगरकी ३७ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरकी ३७ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर–५ कोचाखालकी ३७ बर्षीया कोरोना संक्रमितको मृत्यु भएको हो । बुधबार उपचारका लागि उनी नोबलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा बुधबार नै उनको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
२०७८ बैशाख २३ गते बिहिवारको राशिफल

२०७८ बैशाख २३ गते बिहिवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २३ गते बिहीवार ई. सं. २०२१ मे ६ नेपाल सम्बत ११४१ पोहेलागा दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र एन्द्र योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको...
धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा, निषेधाज्ञामा के गर्न पाइने/के नपाइने ?

धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा, निषेधाज्ञामा के गर्न पाइने/के नपाइने ?

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । आज राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि धनकुटा नगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको हो ।
प्रदेश १ मा थपिए ५७७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५७७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४/४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुषसहित १५४ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १...
धनकुटाका फेन्सी पसल बन्द गर्ने निर्णय

धनकुटाका फेन्सी पसल बन्द गर्ने निर्णय

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटाका फेन्सी व्यवसायीहरुले आजदेखि व्यवसाय बन्द गर्ने निर्णय गरेका छन् । धनकुटा फेन्सी व्यवसायी संघको आज बिहान बसेको पदाधिकारी बैठकले दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बजारका फेन्सी व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो । संघले व्यवसाय बन्द गरेर सचेत र सुरक्षित तवरले रहन फेन्सी व्यवसायीहरुलाई आग्रह पनि गरेको छ । धनकुटामा करिव ६०...
प्रदेश १ सरकारले कोरोनाबाट मृत्यु हुने स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख दिने

प्रदेश १ सरकारले कोरोनाबाट मृत्यु हुने स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख दिने

विराटनगर । प्रदेश १ सरकारले कोरोनाका कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा उनीहर...
विराटनगरमा युवा संघले गर्यो रक्तदान कार्यक्रम, ५३ प्रिन्ट रगत संकलन

विराटनगरमा युवा संघले गर्यो रक्तदान कार्यक्रम, ५३ प्रिन्ट रगत संकलन

विराटनगर । नेकपा एमालेको खनाल, नेपाल पक्षिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ । रक्तसंचार केन्द्रमासमेत रगतको चरम अभाव भइरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई बिहिबार उपलब्ध गराइने युवा संंघ नेपाल मह...
झापाका अधिकांश कोरोना संक्रमित होम आइसोलेशनमा, कोभिड अस्पतालमा छैन चाप

झापाका अधिकांश कोरोना संक्रमित होम आइसोलेशनमा, कोभिड अस्पतालमा छैन चाप

झापा । झापामा कोरोना संक्रमित दिनहुँ बढिरहेका छन् । तर अधिकांश संक्रमित होम आइसोलेशनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन । भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ शैय्या छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ मङ्गलबारसम्म २२ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन् । भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनुपरेको छ । अस्पताल वि...
खोटाङमा बिजुलीको पोल छुँदा करेन्ट लागेर बालकको मृत्यु

खोटाङमा बिजुलीको पोल छुँदा करेन्ट लागेर बालकको मृत्यु

खोटाङ । खोटाङमा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईका १० बर्षीय छोरा टिहाङ छन् । बिहान पौने ८ बजे घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा करेन्ट लागेको हो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
धनकुटामा एकैदिन थपिए १८ कोरोना संक्रमित

धनकुटामा एकैदिन थपिए १८ कोरोना संक्रमित

धनकुटा । धनकुटामा आज एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४३ जनाको पीसीआर परीक्षण गर्दा गएराती ११ पुरुष र ७ महिलाको रिपोर्ट पोजिटिभ आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले संगालोखबरलाई जानकारी दिए । संक्रमण पुष्टि हुनेमा धनकुटा नगरपालिका–७ का ३८ बर्षीय पुरुष, ५ बर्षीय बालक, ५६ बर्षीय पुरुष, धनकुटा नगरपालिका–४ का ४८ बर्षीय पुरुष र २७ बर्षीय पुर...
२०७८ बैशाख २२ गते बुधवारको राशिफल

२०७८ बैशाख २२ गते बुधवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २२ गते बुधवार ई. सं. २०२१ मे ५ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण नवमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र ब्रम्हा योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२१ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दि...
नेता कार्यकर्तालाई धनकुटा एमालेको निर्देशनः कोरोना नियन्त्रणमा परिचालित हुनु

नेता कार्यकर्तालाई धनकुटा एमालेको निर्देशनः कोरोना नियन्त्रणमा परिचालित हुनु

धनकुटा । नेकपा एमाले धनकुटाले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीपङ्ती, जनसंगठन र पार्टीसंम्बद्ध जनप्रतिनिधिहरुलाई यस्तो निर्देशन दिएका हुन् । स्वयंसेवी भावनाका साथ खट्न साथै स्वास्थ्य मापदण्डको पालना गर्न गराउँन, यसको अनुगमन गर्न र संक्रमितहरुलाई आवश्यक सहयोग प...
प्रदेश १ मा थपिए ६११ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ६११ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २/२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९० महिला र १०३ पुरुषसहित १९३ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १५, कटहरी र बेलबारीमा १२/१२, बुढीगंगामा ९,...
२४ घण्टामा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण

विराटनगर । २४ घण्टाको अवधिमा नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको स...
धनकुटामा श्रीमान-श्रीमती मृत फेला

धनकुटामा श्रीमान-श्रीमती मृत फेला

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ राम्चेडाँडास्थित जंगलमा आज एक दम्पत्तिको शव फेला परेको छ । पाख्रीबास–६ तिल्केका २२ बर्षीय सुनिल थापा र उनकी श्रीमती २० बर्षीया सिर्जना गुरागाईको शव फेला परेको हो । सुनिलको शव झिंगटीको रुखमा झुण्डिएको अवस्थामा र सिर्जनाको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । सिर्जनाको माइतीघर पाख्रीबा...
झापामा चट्याङ लागेर गस्तीमा रहेका असईको मृत्यु

झापामा चट्याङ लागेर गस्तीमा रहेका असईको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । मृतक प्रहर...
विराटनगरमा थप चार कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप चार कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर, धरान, इलाम र सप्तरीका दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१४ ओम साइराम टोलका ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नोबेलमा भर्ना भएका उनको आज राती २ बजे मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै इलाम–...
इलाममा छिमेकीको घर जाने क्रममा लड्दा एक जनाको मृत्यु

इलाममा छिमेकीको घर जाने क्रममा लड्दा एक जनाको मृत्यु

इलाम । इलाममा छिमेकीको घर जाने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा माइ–जोगमाई गाउँपालिका–५ सोयाङकी ५४ बर्षीया ख्याम कुमारी लिम्बु छन् । उनी गएराती ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिदा २० मिटर तल झरेकी थिइन् । लडेर टाउकोमा चोट लाग्दा गंभीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही बेरमै राती सवा १० बजे उनको मृत्यु भएको जिल्ला...
बाग्मती किनारमै ‘चिता’

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो । पशुपति क्षे...
रोजगारी गुमाएर स्वदेश फर्किए साढे ४ लाख नेपाली

रोजगारी गुमाएर स्वदेश फर्किए साढे ४ लाख नेपाली

काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने ...
२०७८ बैशाख २१ गते मंगलवारको राशिफल

२०७८ बैशाख २१ गते मंगलवारको राशिफल

बि.सं.२०७८ साल बैशाख २१ गते मंगलवार ई. सं. २०२१ मे ४ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण अष्टमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको या...
धनकुटा पत्रकार महासंघको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

धनकुटा पत्रकार महासंघको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

धनकुटा । निर्वाचन भएको झण्डै एक महिनापछि नेपाल पत्रकार महासंघ धनकुटा शाखाको नयाँ नेतृत्वले सोमबारबाट कार्यभार सम्हालेको छ । पुरानो कार्यसमितिले पद हस्तान्तरण कार्यक्रम गरेर जिम्मेवारी सुम्पिएपछि नयाँ कार्य समितिले औपचारिक रुपमा कार्यभार सम्हालेको हो । गत चैत २५ गते पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको एकै साथ निर्वाचन भएको थियो । केन्द्र र प्रदेशमा निर्वाचित नयाँ कार्य समितिले यसअघि नै कार...
प्रदेश १ मा भरिन थाले कोरोना अस्पताल

प्रदेश १ मा भरिन थाले कोरोना अस्पताल

विराटनगर । पछिल्लो समय ‘डबल म्युटेन्ट भेरिएन्ट’ सहितको कोरोना भाईरसको संक्रमण तीव्र भएसँगै संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । यो सँगै निजी अस्पतालद्वारा सञ्चालित आईशोलेशन सेन्टर तथा कोभिड अस्पतालहरु पनि भरिएका छन् । कोभिड अस्पतालमा नयाँ बिरामी भर्ना लिन सकिने अवस्था छैन् । कोरोना संक्रमितको संख्या उकालो लागेसँगै विराटनगरका निजी अस्पतालद्वारा सञ्चालित कोभिड अस्पतालहरु पनि भरिएका छन...
प्रदेश १ मा एकैदिन थपिए ६०७ कोरोना संक्रमित

प्रदेश १ मा एकैदिन थपिए ६०७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज एकैदिन ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९७ महिला र १२९ पुरुषसहित २२६ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचा...
बेलबारीमा बाली शिविर, चार सयबढी कृषक लाभान्वित

बेलबारीमा बाली शिविर, चार सयबढी कृषक लाभान्वित

बेलबारी । बेलबारी नगरपालिकाका कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यकाले नगरपालिकाले बाली शिविर सञ्चालन गरेको छ । बाली शिविरबाट चार सयभन्दा बढी कृषक लाभान्वित भएका छन् । कारोनाको महामारीबिच नगरपालिकाले वडा–वडामा गएर बाली शिविर सञ्चालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिकहरुको टोलि बोलाएर बाली परीक्षण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख बिनोद दाहाल...
संखुवासभामा बालिका बलात्कार गरेर फरार अधिकारी १० वर्षपछि पक्राउ

संखुवासभामा बालिका बलात्कार गरेर फरार अधिकारी १० वर्षपछि पक्राउ

संखुवासभा । संखुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९० हजार कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । यता, चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार प्रतितोला एक हजार २९५ ...
झापाको कोइला फ्याक्ट्रीमा आगलागी

झापाको कोइला फ्याक्ट्रीमा आगलागी

झापा । झापाको मेचीनगर–१५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज आगलागी भएको छ । विद्युत सर्ट भएर बिहान ३ बजेदेखि फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि मेचीनगर, दमक, भद्रपुर नगरपालिका, कमल गाउँपालिका, बिर्तामोड र उर्लाबारीबाट दमकल ल्याइएको छ । त्यस्तै आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासीस...
शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँ...
error: Content is protected !!