महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि आवश्यक व्यवस्था गर्न गठित समन्वय समितिको ...

























