धनकुटामा भुषको आगोझै फैलियो कोरोना, एकैदिन १०४ जनामा संक्रमण पुष्टि

धनकुटामा भुषको आगोझै फैलियो कोरोना, एकैदिन १०४ जनामा संक्रमण पुष्टि

धनकुटा । धनकुटामा सोमबार साँझ थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ९४ जनाको पीसीआर परीक्षण गर्दा २३ पुरुष र २१ महिलाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । सोमबार बिहान पनि जिल्लाका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनकुटामा आज एकैदिन थपिएका कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । साँझ आएको पीसीआर रिपोर्ट अ...
प्रदेश १ मा थपिए ११४० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ११४० कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ हजार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । २ हजार २ सय ७० जनाको पीसीआर परीक्षण गर्दा ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ...
धनकुटा अस्पतालमा बिरामी कुरुवा भोकभोकै

धनकुटा अस्पतालमा बिरामी कुरुवा भोकभोकै

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएका छन् । होटल बन्द भएका कारण खाना खान नपाउँदा विरामी कुरुवा भोकभोकै बस्न बाध्य भएका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गर्यो । तर, संक्रमण घट्नुको सट्टा उल्टै बढ्दै गएपछि बैशाख ३१ गते राती ...
धनकुटामा निषेधाज्ञा उल्लंघन गर्ने थप १० जनालाई जरिवाना, १२१ सवारी साधन ‘होल्ड’

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्ने थप १० जनालाई जरिवाना, १२१ सवारी साधन ‘होल्ड’

धनकुटा । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्ने थप १० जनालाई सोमबार जरिवाना तिराइएको छ । निषेधाज्ञा पालनामा अटेरी गर्नेहरुलाई प्रहरीले जनही एक/एक सयका दरले जरिवाना तिराएको हो । निषेधाज्ञा अवधिमा अनावश्यक हिडडुल गर्ने, सवारी कुदाउँने र बजारमा पसल खोल्नेहरुलाई कारवाही स्वरुप जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, निषेधाज्ञा उल्लंघन गर्ने ३०१ जनालाई सडकमै केही समय उभ्याएर पुनः नि...
कोरोना संक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

कोरोना संक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

झापा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत खाम्याहाङको आज दिउँसो निधन भएको हो । अर्जुनधारा नगरपालिकाकी उप–प्रमुख कमला खतिवडाले खाम्याहाङको निधन भएको पुष्टि गरिन् । ‘कोरोना लागेर अलिक सारो पारेपछि बिएण्डसीमा भर्ना गरेर उहाँको उपचार भइरहेको थियो । उपचार...
अरब सागरको चक्रवातबाट नेपालमा मौसम बदली

अरब सागरको चक्रवातबाट नेपालमा मौसम बदली

काठमाडौं । हाल पूर्वी मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ । बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, स...
धनकुटामा एकैदिन थपिए ६० कोरोना संक्रमित, एउटै वडाका १४ जनामा संक्रमण

धनकुटामा एकैदिन थपिए ६० कोरोना संक्रमित, एउटै वडाका १४ जनामा संक्रमण

धनकुटा । धनकुटामा आज एकैदिन ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो । जिल्ला अस्पतालको ल्याबमा १२८ जनाको पीसीआर परीक्षण गर्दा ३० पुरुष र ३० महिलाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार जिल्लाको सहिदभूमि गाउँपालिका बाहेक ६ वटा पालिकामा संक्रमित थपिएका छन् । धनकुटा नग...
घट्न थाल्यो कोरोनाको संक्रमण र मृत्युदर, निको हुँनेको संख्या बढ्दै

घट्न थाल्यो कोरोनाको संक्रमण र मृत्युदर, निको हुँनेको संख्या बढ्दै

काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो। १ सय ८७ जनाको ज्यान गएको थियो...
२०७८ जेठ ३ गते सोमबारको राशिफल

२०७८ जेठ ३ गते सोमबारको राशिफल

बि.सं. २०७८ साल जेठ ३ गते सोमबार ई.सं.२०२१ मे १७ नेपाल सम्बत ११४१ बछलाथ्व पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल पञ्चमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, गण्ड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
धनकुटामा निषेधाज्ञा नटेर्नेमाथि प्रहरीको ‘एक्सन’ : ३८ जनालाई जरिवाना, ७६१ लाई चेतावनी

धनकुटामा निषेधाज्ञा नटेर्नेमाथि प्रहरीको ‘एक्सन’ : ३८ जनालाई जरिवाना, ७६१ लाई चेतावनी

धनकुटा । कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिन थालेपछि धनकुटामा प्रहरीले निषेधाज्ञामा कडाई गरेको छ । निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमित थपिने क्रम निकै बढेपछि प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेहरुमाथि ‘एक्सन’ लिन थालेको हो । निषेधाज्ञा नटेरेर अनावश्यक हिडडुल गर्ने, सवारी कुदाउँने र बजार पसल खोल्नेहरुलाई प्रहरीले ‘अनदस्पोट’ कारबाही गर्न थालेको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ ग...
प्रदेश १ मा एकैदिन थपिए १०२७ कोरोना संक्रमित

प्रदेश १ मा एकैदिन थपिए १०२७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार २२० जनाको पीसीआर परीक्षण गर्दा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, तेह्रथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जना...
युवा संघ धरानले दियो सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

युवा संघ धरानले दियो सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

धरान । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई युवा संघ नेपाल धरान नगर समितिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संघको स्थापना दिवशको अवसर पारेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई माक्स, सेनिटाइजर र फेससिल्ड प्रदान गरिएको हो । प्रहरीका बिभिन्न युनिटहरुलाई १ हजार २ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालल...
एमालेको विवाद मिलाउँन बनाइयो वार्ता टोली

एमालेको विवाद मिलाउँन बनाइयो वार्ता टोली

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउँन १० सदस्यीय वार्ता टोली बनाइएको छ । आज दिउँसो प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालीबीच भएको वार्तामा दुवै पक्षका ५/५ नेतालाई समेटेर वार्ता टोली बनाइएको हो । यो टोलीले नेकपा एमालेलाई २०७५ जेठ २ भन्दा अगाडि फर्किने सहमति कार्यान्वयनका लागि काम गर्ने बैठकपछि बरिष्ठ नेता नेपालले जानकारी दिए । ‘जेठ २ भन्दा पहिलेको अवस...
चीनबाट १८ हजार अक्सिजन सिलिण्डर आउँदै

चीनबाट १८ हजार अक्सिजन सिलिण्डर आउँदै

विराटनगर । चीनले नेपाललाई १८ हजार अक्सिजन सिलिण्डर सहयोग स्वरुप प्रदान गरेको छ । नेपाल सरकारको पहलमा चीन सरकारले अक्सिजन सिलिण्डर प्रदान गरेको हो । सहयोग स्वरुप प्राप्त भएका सिलिण्डर नेपाल ल्याइदैछ । चीनले पठाएको सिलिण्डर आइतवार तातोपानी नाका आइपुगेको उपप्रधानमन्त्री इश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जनाएका छन् । उनका अनुसार केही दिन भित्रै अक्सिजन सिलिण्डर काठमाडौं ल्याउँने तयारी भ...
खोटाङमा भरुवा बन्दुकसहित चार जना पक्राउ,  बन्दुक बनाउँने सामाग्री पनि बरामद

खोटाङमा भरुवा बन्दुकसहित चार जना पक्राउ, बन्दुक बनाउँने सामाग्री पनि बरामद

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने सामाग्रीसहित चार जना पक्राउ परेका छन् । सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बि.क.लाई गएराती प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले डम्बर, दोर्ण र रबिन्द्रलाई...
२०७८ जेठ २ गते आईतबारको राशिफल

२०७८ जेठ २ गते आईतबारको राशिफल

बि.सं. २०७८ साल जेठ २ गते आईतबार ई.सं.२०२१ मे १६ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख शुक्ल चौथी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शुल योग, वव करण । नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ६ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल घीउ खाएर जुनसकै दिशाको यात्रा ग...
धनकुटामा कोरोना फैलिएपछि निषेधाज्ञामा कडाई, अनावश्यक हिड्नेलाई ‘अनदस्पोट’ कारबाही

धनकुटामा कोरोना फैलिएपछि निषेधाज्ञामा कडाई, अनावश्यक हिड्नेलाई ‘अनदस्पोट’ कारबाही

धनकुटा । निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमित थपिने क्रम निकै बढेपछि धनकुटामा प्रशासनले शनिवारबाट निषेधाज्ञामा थप कडाई गरेको छ । संक्रमण रोकथामका लागि प्रशासनले आवतजावतमा कडाई गरेको हो । अब, अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले ‘अनदस्पोट’ कारबाही गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गरेको थियो । तर, संक्रमित थपि...
धनकुटाका सीडीओको प्रस्तावः कोरोना नियन्त्रण गर्न सरकारी कर्मचारीले एक दिनको तलब दिउँ

धनकुटाका सीडीओको प्रस्तावः कोरोना नियन्त्रण गर्न सरकारी कर्मचारीले एक दिनको तलब दिउँ

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा कोरोना नियन्त्रणका लागि राष्ट्रसेवक कर्मचारीको तलब योगदान गर्न प्रस्ताव गरेका छन् । जिल्लामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुलाई उनले एक दिनको तलब कोरोना नियन्त्रणका लागि उपलब्ध गराउँन प्रस्ताव गरेका हुन् । ‘धनकुटा जिल्लामा पनि कोरोना संक्रमणको दर दिनानुदिन बढीरहेको छ । संक्रमितको उपचार र परीक्षणमा सहयोग गर्ने उद्धेश्यले धनकुटा...
प्रदेश १ मा थपिए ५९१ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५९१ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा शनिवार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३१९ जनाको पीसीआर परीक्षण गर्दा २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, ध...
आइसोलेशनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा

आइसोलेशनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा

विराटनगर । कोरोना संक्रमण भएर आईसोलेशनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जा“दा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हु“दा टेलिमेडिसिन सेवामार्फत सेवा दिन लागिएको बताइएको छ । सामान्य लक्...
डा.शर्माले झापाबासीलाई दिए निःशुल्क एम्बुलेन्स

डा.शर्माले झापाबासीलाई दिए निःशुल्क एम्बुलेन्स

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । झापाबासीको सहजताका लागि डा.शर्माले नोबेल शिक्षण अस्पतालमार्फत बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई एम्बुलेन्स प्रदान गरेका हुन् । नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले करिब डेढ बर्ष अघि पार्टीको जनजागरण अभियानका क्रममा झापामा आयोजित...
धरानको १ सय ५८ बिघा जग्गा सरकारले लियो फिर्ता

धरानको १ सय ५८ बिघा जग्गा सरकारले लियो फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा व्यक्तिको नाममा गराउन ‘तोक आदेश’ भएको जग्गा सरकारले फिर्ता ल्याएको हो । सापकोटाले १५ वैशाख २०७३ मा व्यक्तिको नाममा हुने तोक आदेश दिएका थिए । सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा ज...
पाँचथरमा भर्‍याङबाट लडेर मृत्यु

पाँचथरमा भर्‍याङबाट लडेर मृत्यु

पाँचथर । पाँचथरको फिदिममा भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको भर्‍याङबाट लड्दा फिदिम नगरपालिका–५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको मृत्यु भएको हो । उनी शुक्रबार राती १ बजे आफ्नै घरको भर्‍याङमा चिल्लिएर लडेका थिए । भर्‍याङबाट लडेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा शुक्रबार दिउँसो साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी का...
२०७८ जेठ १ गते शनिवारको राशिफल

२०७८ जेठ १ गते शनिवारको राशिफल

बि.सं. २०७८ साल जेठ १ गते शनिबार ई.सं.२०२१ मे १५ नेपाल सम्बत ११४१ पोहेलागा चौथी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख शुक्ल चौथी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगाशिरा नक्षत्र धृती योग वव करण । नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्र...
प्रदेश १ मा थपिए ७५१ कोरोना संक्रमित, ८४ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७५१ कोरोना संक्रमित, ८४ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, तेह्रथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुषसहित २४५, सुन्दरहरैंचामा ४९, बेलबारीमा १३, बुढीग...
धनकुटा जिल्लाभर १५ दिनका लागि निषेधाज्ञा जारी, के गर्न पाइने/के नपाइने ?

धनकुटा जिल्लाभर १५ दिनका लागि निषेधाज्ञा जारी, के गर्न पाइने/के नपाइने ?

धनकुटा । धनकुटामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लाभर १५ दिनका लागि निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार अपरान्ह सूचना जारी गरेर शुक्रबार राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रत...
चौविसे गाउँपालिकामा यातायात बन्द गरिने, अत्यावश्यक बाहेकका सेवा पनि बन्द

चौविसे गाउँपालिकामा यातायात बन्द गरिने, अत्यावश्यक बाहेकका सेवा पनि बन्द

धनकुटा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि धनकुटाको चौविसे गाउँपालिकामा तीन दिन सवारी आवतजावत बन्द गरिने भएको छ । गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा पनि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत ३ जना कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सीसीएमसीको शुक्रबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो । शुक्रबार राती १२ बजेदेखि जेठ ३ गते राती १२ बजेसम्...
प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले लिए शपथ

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले लिए शपथ

काठमाडौं । संसदवाट विश्वासको मत नपाएपछि पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शितलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । वैशाख २७ गते संसदमा भएको मतदानमा विश्वासको मत नपाएपछि ओली स्वतः पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले सरकार गठ...
सगरमाथा आरोहण गर्ने क्रममा दुई विदेशी नागरिकको मृत्यु

सगरमाथा आरोहण गर्ने क्रममा दुई विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा दुई जना विदेशी नागरिकको मृत्यु भएको छ । आरोहणका क्रममा हिउँमा चिप्लिएर अमेरीकाका एक र स्विजरल्याण्डका एक जनाको मृत्यु भएको हो । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा पासपोर्ट नम्बर ६४२७३५७२ रहेका अमेरीकी नागरिक ३४ बर्षीय पुवेइलिउको मृत्यु भएको हो । त्यस्तै सोही स्थानमा हिउँमा चिप्लिएर सगरमाथा आरोहणक...
धनकुटाका एमाले नेता चोङवाङ्गको कोरोना संक्रमणबाट निधन

धनकुटाका एमाले नेता चोङवाङ्गको कोरोना संक्रमणबाट निधन

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटाका एमाले नेता चन्द्र चोङवाङ्गको आज निधन भएको छ । कोरोना संक्रमण भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत ५४ बर्षीय नेता चोङवाङ्गको आज बिहान निधन भएको हो । छथर जोरपाटी गाउँपालिका–४ काजिमाने घर भएका चोङवाङ्ग एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हुन् । उनी तत्कालिन तेलिया गाविसका पूर्वअध्यक्षसमेत हुन् । एमाले नेता चोङवाङ्ग २०४९ देखि ०५४ सालसम्म गाबिस अध्यक्...
धनकुटामा कोरोना संक्रमण तीव्रः एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि संक्रमण

धनकुटामा कोरोना संक्रमण तीव्रः एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि संक्रमण

धनकुटा । धनकुटामा आज एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला अस्पतालको ल्याबमा ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ पुरुष र १६ महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले संगालोखबरलाई जानकारी दिए । चौविसे गाउँपालिकामा मात्रै १६ जनामा संक्रमण भेटिएको छ । चौविसेको एकै वडाका १२ जनामा संक्रमण ...
error: Content is protected !!