संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा जिल्ला अस्पतालको ल्याबमा बिहिबार चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई महिला र दुई पुरुषको पीसीआर परीक्षण गर्दा सबैको रिपोट पोजिटिभ आएको हो । पीसीआर परीक्षण संख्याको आधारमा धनकुटामा पहिलो पटक सत प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

छथर जोरपाटी गाउँपालिका–५ र ६ नं. वडाका ३२/३२ बर्षीया महिला, पाख्रीवास नगरपालिका–३ का २८ बर्षीय पुरुष र भोजपुरको अरुण गाउँपालिका–५ घर भई धनकुटा बस्दै आएका ६३ बर्षीय पुरुषले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । परीक्षण गर्दा चारै जनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । ‘यो भन्दा अगाडि जिल्ला अस्पतालमा परीक्षण गर्दा सत प्रतिशत व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थिएन । यो पहिलो पटक हो,’ पोखरेलले भने ।

यसअघि बुधबार पनि धनकुटा अस्पतालको ल्याबमा पाँच जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको थियो । धनकुटामा केही दिनयता पीसीआर परीक्षण घटाएर एन्टिजेन परीक्षण दर बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!