धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा पाँच जनाको पीसीआर परीक्षण गर्दा दुई महिला र एक पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
पाख्रीवास नगरपालिका–३ का ४९ बर्षीया महिला, पाख्रीवास–८ का १५ महिने नावालक र धनकुटा–५ का ७५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटामा केही दिनयता पीसीआर परीक्षण दर घटेको छ । जसका कारण संक्रमण पुष्टि हुँनेको संख्या पनि थोह्रै छ । तर, परीक्षण गरिएको संख्याका आधारमा संक्रमण पुष्टि हुँने दर भने उच्च देखिएको छ ।
















