- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोलाबाट मोटरसाइकल चोरी भएको छ । शुक्रबार राती पात्लेखोलास्थित घरबाटै सुजन सुवेदीको को.३२ प ३३२० नम्बरको एफजेड मोटरसाइकल चोरी भएको हो ।

आँगनमा राखेको मोटरसाइकल राती चोरी भएको सुवेदीले बताए । ‘आँगनमा मोटरसाइकल राखेको थियो । बिहान उठेर हेर्दा त चोरी भइसकेको रहेछ,’ सुवेदीले संगालोखबरसँग भने, ‘आज दिनभर सबैतिर खोजी गर्यौं । तर, कतै फेला परेन ।’

मोटरसाइकल हराएपछि सुवेदीले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका छन् । मोटरसाइकल हराएको जानकारी आएकाले सम्भावित क्षेत्र र नाकाहरुमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको रेकर्ड अनुसार करिब एक बर्ष यता जिल्लामा अन्य मोटरसाइकल हराएको जानकारी प्राप्त भएको छैन । डेढ बर्ष अघि भने जिरोपइन्ट नजिक र सितलपाटीबाट मोटरसाइकल चोरी भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!