संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बिहीबार सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३४० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!