संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको कचनकवल गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा स्थानीय ४० बर्षीय डोलु आलम मियाको मृत्यु भएको हो ।

शुक्रबार बेलुका करिब ६ बजे घटना भएको हो । स्थानीय श्याम भेटवालको घरमा धान काट्न गएका बेला कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!