संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख प्यासीले जेठ २४ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।

Advertisement

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शेरधन राईले विपक्षी दलहरुलाई जेठ २५ देखि २६ गतेतिर सुरु हुनेगरि बजेट अधिवेशन बोलाउने वचन दिएका थिए । मंगलबार विपक्षी दलका नेताहरुसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसदमा प्रि–बजेट छलफल, निती तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए ।

तर, बुधबारको मन्त्रिपरिषद बैठकले प्रि–बजेट छलफल छल्ने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो । विपक्षी दलहरुले यसको विरोध गरेका थिए । प्रदेशका विपक्षी दलहरुले संसदको बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाबसम्म दिँदै आएका थिए ।

प्रदेश सरकारले भने हरेक वर्ष असार १ मा बजेट ल्याउने कानुनी व्यवस्था छ । बजेट ल्याउनु १५ दिनपूर्व प्रि–बजेट छलफल हुने चलन छ । तर, यसपटक प्रि–बजेट छलफलको म्याद गुज्रिसकेको हुनाले यही व्यवस्थालाई छल्न सरकारले अध्यादेश ल्याएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!