विराटनगरमा चार वटा पसल फुटाएर चोर्ने दुई जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिकाका बिभिन्न स्थानमा चार वटा पसल फुटाएर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर–११ का २९ बर्षीय संजय भनिने अंगत चौधरी र विराटनगर–६ का ३१ बर्षीय सन्तोष दासलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट बिशेष प्रहरी परिचालन गरी उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको घरबाट ५५ हजार ७ सय ५० नग...

























