संगालोखबर सम्वाददाता

काठमाडौं । सिन्धुपाल्चोकमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । मंगलबार परेको बर्षाका कारण मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको हो । बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउँन वाँकी छ ।

Advertisement

हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा पुल बगेका छन् । लेदोसहितको माटोले मेलम्ची क्षेत्रका धेरै घरहरुमा क्षति पुर्याएको छ । मेलम्चीमा पानीको बहाब घटेको छैन ।

सडक भत्किएकाले सवारी आवतजावत हुँन सक्ने अवस्था छैन । सो क्षेत्रमा हिंडेर जान सक्ने स्थिति पनि नहुँदा उद्धारका लागि हलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!