सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

विराटनगर । सरकारले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै गरेको निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ति जनाएको छ । नेपाली भाषा र लिपिको अस्तित्व संकटमा पार्ने गरी गरिएको निर्णय तत्कालै सच्याउनुपर्ने भन्दै परिषद्ले देशैभरबाट ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको परिषद्ले आज भौतिक पूर्...
नेपालले पायो रुबेला निवारणको प्रमाणपत्र 

नेपालले पायो रुबेला निवारणको प्रमाणपत्र 

काठमाडौं । नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा रुबेला निवारणको प्रमाणपत्र उपलब्ध गराइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । डब्लुएचओले यही भदौ २ गते नेपालमा रुबेला ...
यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि पठाएअनुसार ती कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका यी क...
विराटनगरमा कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

विराटनगरमा कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

विराटनगर । निजी विद्यालय सञ्चालकहरूले आज विराटनगरमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले देशभरसँगै विराटनगरमा पनि कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । प्याब्सन, एनप्याब्सन, हिसान लगायतका निजी विद्यालयका सङ्गठनहरूले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन...
२० लाख ठगीको आरोपमा रंगेलीका पुरुष चितवनबाट पक्राउ

२० लाख ठगीको आरोपमा रंगेलीका पुरुष चितवनबाट पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ घर भई चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकमा बस्दै आएका पुरुष पक्राउ परेका छन् । २० लाख रुपैयाँ ठगीको आरोपमा ४२ वर्षीय अमित महतो भन्ने कृष्ण मुर्मुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङलाई ठगेका थिए । उनले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङसँगको मिलेमतोमा साझ...
मोरङको रतुवामाईमा ग्यास लिक भएर आगलागी, नास्ता र किराना पसलमा क्षति

मोरङको रतुवामाईमा ग्यास लिक भएर आगलागी, नास्ता र किराना पसलमा क्षति

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ स्थित सौँठामा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । आज बिहान स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । प्रहरीले ...
विराटनगरबाट १४७ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

विराटनगरबाट १४७ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

विराटनगर । विराटनगर-१५ मण्ठापोखरी मन्दिर अगाडिबाट ठूलो परिमाण लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको कटिहार शिवानापुर-४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहार खरसोता-५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन् । शंकास्पद रूपमा ...
यस्तो छ कोशी प्रदेश सरकारले सार्वजनिक गरेको स्वास्थ्य नीति (पूर्णपाठ)

यस्तो छ कोशी प्रदेश सरकारले सार्वजनिक गरेको स्वास्थ्य नीति (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवन यापन गर्न सक्षम हुने उद्देश्यका साथ स्वास्थ्य नीति बनाइएको हो । ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति रहेको प्रदेश स्वास्थ्य नीति कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को गत साउन १६ गतेको बैठकले स्वीकृत गरेको थियो । स्वास्थ्य मन्त्राल...
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-१४ आईसीपी रोडको भित्री पक्की सडकखण्डमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको जहदा गाउँपालिका-३ का ४१ वर्षीय रूपेशकुमार राजवंशीको मृत्यु भएको हो । आइतबार साँझ आफैँ अनियन्त्रित भएर विराटनगर १ ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकि...
आज तीजको दर खाने दिन

आज तीजको दर खाने दिन

विराटनगर । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खीर, ढकनी, गुँदपाक र मिठाईजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर खाने समय भने ठाउँ अनुसार फरक-फरक ...
सुनसरीको दुहबीमा करेन्ट लागेर कामदारको मृत्यु

सुनसरीको दुहबीमा करेन्ट लागेर कामदारको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-८ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुबही-८ मा बस्दै आएका ५० वर्षीय लक्ष्मण शर्मा छन् । जुट मिल छेउमा रहेको विश्वकर्मा इन्जिनियरिङ वर्कसप ग्यारेजमा काम गर्ने उनलाई आज बिहान करिब ११ बजे करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक...
सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बसपार्कबाट पैदल हिँडिरहेका दुई जनालाई पक्राउ गरेको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २२ वर्षीय लक्ष्मण कटवाल र सोही स्थानका २...
प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध कोशीका पत्रकारको सांकेतिक विरोध

प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध कोशीका पत्रकारको सांकेतिक विरोध

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयकको पत्रकारहरूले सांकेतिक विरोध गरेका छन् । आज नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको आयोजनामा उल्टो हिँडेर विरोध गरिएको हो । प्रदेश सभा छेउमा भेला भएका पत्रकारहरू कालो पट्टी बाँधेर हाटखोलासम्म उल्टो हिँडेका हुन् । प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठले प्रदेश सरकारले ल्याएको विधेयकमाथि पटक-पटक सुझाव दिएको भएपनि त्यसलाई बेवास्ता...
इलामको बसपार्कस्थित एक होटलमा पुरुष मृत फेला

इलामको बसपार्कस्थित एक होटलमा पुरुष मृत फेला

विराटनगर । इलाम नगरपालिका-७ बसपार्कको गजुरमुखी होटलमा एक पुरुष मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ-३ गोपेटारका ३४ वर्षीय डुप्छेन शेर्पा आज बिहान मृत फेला परेका हुन् । ‘होटलको १०७ नम्बर कोठामा शेर्पा मृत फेला परेको हुन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी संजिव बोगटीले संगालोखबरसँग भने, ‘१५ दिन अगाडिदेखि होटलमा आएर बसेको देखिन्छ । अनुसन्धान हुँदैछ ।’ घटनास्थलमा पुगेको प्रहरी टोलील...
सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर दुई ...
सुटकेसभित्र महिलाको शव फेला

सुटकेसभित्र महिलाको शव फेला

रौतहट । रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको छ । मृतक महिला रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतककी आमा र दाइले शवको सनाखत गरेका हुन् । प्रहरीका अनुसार मृतकको घर भारतको मुजफ्फरपुर रहेको खुलेको छ । उनी चार वर्षदेखि रौतहटमा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार ती महिला माइती माधवपुर भए पनि छोरा पढाउ...
न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो रजत जयन्ती

न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो रजत जयन्ती

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले २५ वर्ष पुगेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम गरेर रजत जयन्ती मनाएको छ । मैत्रीपूर्ण फुटसल, मानवसेवा आश्रमका वृद्धवृद्धालाई भोजन, रक्तदान लगायत कार्यक्रम गरेर रजत जयन्ती मनाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा विराटनगरको विरेन्द्र सभागृहमा शनिवार रजत जयन्ती समारोह गरिएको छ । सो अवस...
कथा : गुड फ्राइडे

कथा : गुड फ्राइडे

दिउँसो २ बजेर १० मिनेट गएको थियो । शुक्रबार, अझ भन्दा ‘गुड फ्राइडे’ कामको भारी बिसाउने, रमाइलो गर्ने दिन । भोलिका लागि सुन्दर योजना बनाउने दिन । घुम्न जाने, मिठो खाने, प्रियजनसँग भेटघाट गर्ने, गफ गर्ने, रमाउने, हाँस्ने, हँसाउने, विश्राम गर्ने, आनन्द लिने दिन । घरमा म बाहेक चरो-मुसो कोही थिएन । घरको पूर्व पट्टी ठूला-ठूला धूपीका २ वटा रुख थिए । टन्टलापुर घाममा झ्याउँकिरीको किरकिर आवाज बडो तिठ्यार...
पार्टीभित्रको समस्या हल गर्दै अघि बढौँ : एमाले नेता राई

पार्टीभित्रको समस्या हल गर्दै अघि बढौँ : एमाले नेता राई

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पार्टीभित्र भएका समस्या हल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । मोरङको लेटाङमा आज एमाले नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता राईले पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । ‘पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै हो’, नेता राईले भने, ‘अनावश्...
धनकुटाको महालक्ष्मीमा ट्रक दुर्घटना, चालकको अवस्था गम्भीर 

धनकुटाको महालक्ष्मीमा ट्रक दुर्घटना, चालकको अवस्था गम्भीर 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमारस्थित लेगुवा-खाँदबारी सडक खण्डमा ट्रक दुर्घटना भएको छ । विराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर संखुवासभा जाँदै गरेको प्रदेश १-०२-००१ ख् ९८११ नम्बरको ट्रक आज दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ३६ वर्षीय शम्भु परियार र सह-चालक महालक्ष्मी नगरपालिका-१ का २३ वर्षीय विशाल राई घाइते भएका छ...
निजी विद्यालय सञ्चालकहरूको आन्दोलन : विराटनगरमा स्कुल बस नगर परिक्रमा 

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन : विराटनगरमा स्कुल बस नगर परिक्रमा 

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनको दोस्रो दिन स्कुल बसहरू सडकमा उतारेको छ । काठमाडौंसहित देशभर एकसाथ भइरहेको आन्दोलनमा विराटनगरमा पनि स्कुल बस नगर परिक्रमा गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसँगै प्याब्सनले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बिहीबार निजी विद्यालयका संचालकहरू भेला भए...
कोशी सञ्चार विधेयक संशोधनको माग गर्दै प्रदेशसभा अगाडि पत्रकारको प्रदर्शन

कोशी सञ्चार विधेयक संशोधनको माग गर्दै प्रदेशसभा अगाडि पत्रकारको प्रदर्शन

विराटनगर । कोशी सञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकारहरूले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको नेतृत्वमा विधेयकमा समावेश गरिएको पत्रकारमाथि कारवाही गर्ने प्रावधान संशोधनको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा प्रहरीले पत्रकारहरूमाथि धरपकड गरेको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीसँग भएको छलफलमा महासङ्घका अध्यक्ष भरत खड्काल...
शिक्षक महासङ्घद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा 

शिक्षक महासङ्घद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा 

काठमाडौं । नेपाल शिक्षक महासङ्घले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफ्ना माग सम्बोधन नभएको भन्दै महासङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको समेत दिएको छ । यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने महासङ्घले जनाएको छ । यस्तै...
धरानबाट पोखरा जाँदै गरेको बसमा गुडियाभित्र गाँजा, धनकुटाका राई पक्राउ

धरानबाट पोखरा जाँदै गरेको बसमा गुडियाभित्र गाँजा, धनकुटाका राई पक्राउ

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ५० वर्षीय रुद्रबहादुर राई छन् । बिहीबार साँझ बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २१८७ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीबाट सात वटा गुडियामा लुकाएर राखेको अवस्थामा १० किलो नौ सय ४...
झापामा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते

झापामा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते

विराटनगर । झापामा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ताप्लेजुङबाट दर्शनार्थी बोकेर फर्कँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको भ्यान आज बिहानको राति मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-३ धर्मकाँटामा दुर्घटना भएको हो । दुर्घटनामा चालक ताप्लेजुङको फुङलिङ-२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का १२ वर्षीय सेसेहाङ सुवा, १९ वर्षीया सुविमा लिम्बू...
झापामा साडीको पिङले बेरिँदा १० वर्षीय बालकको मृत्यु

झापामा साडीको पिङले बेरिँदा १० वर्षीय बालकको मृत्यु

झापा । झापामा साडीको पिङले बेरिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ बालविकास टोलका नेत्रप्रसाद सिवाका छोरा प्रदीपको मृत्यु भएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ खेल्ने क्रममा बालकको घाँटीमा साडी बेरिएको अवस्थामा आमाले देखेपछि तत्कालै अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरको काठको बलोमा खेल्नका लागि साडीको पिङ बनाइएको थियो । प्रहरीले कानुनी प्रक्रिया पू...
एम्बुलेन्स सेवा निर्देशिका स्वीकृत, सेवाका लागि देशभर एउटै नम्बर 

एम्बुलेन्स सेवा निर्देशिका स्वीकृत, सेवाका लागि देशभर एउटै नम्बर 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गर्दै स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर...
कोशीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भ...
लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की

लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) ईश्वर कार्कीले लागूऔषध कारोबार नियन्त्रणका लागि निर्देश दिएका छन् । आज जिल्ला प्रहरी कार्यालय धनकुटामा नियमित अनुगमन तथा निरीक्षणमा आएका डिआइजी कार्कीले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनले पछिल्लो समय कोशी प्रदेशका केही जिल्लामा लागूऔषध कारोबार फस्टाउँदै गएको बताए । यसको विशेष निगरानीका लागि जिल्ला प...
टीपीएस सुविधा खारेज गर्ने बाटो खुल्यो: ७ हजार नेपालीले अमेरिका छाड्नुपर्ने 

टीपीएस सुविधा खारेज गर्ने बाटो खुल्यो: ७ हजार नेपालीले अमेरिका छाड्नुपर्ने 

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने भएको छ । त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि अमेरिका बस्न पाउने विशेष टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । अब टीपीएस सुविधा लिएर अमेरिकामा बसोबास गर्दै आएका झन्डै सात हजार नेपाली स्वदेश फर्कनुपर्ने भएको छ ...
जनता आवास कार्यक्रम अन्तरगतको घर नलिने क्रिकेटर ललित राजवंशीको घोषणा

जनता आवास कार्यक्रम अन्तरगतको घर नलिने क्रिकेटर ललित राजवंशीको घोषणा

विराटनगर । नेपाली क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तरगत बनाइदिने भनिएको घर नलिने घोषणा गरेका छन् । उनले आफ्नो घर आफैं बनाउन सक्ने भन्दै जनता आवास अन्तरगतको घर नलिने घोषणा गरेका हुन् । विराटनगरका सञ्चारकर्मीसँग कुरा गर्दै ललितले घर जुन समुदायका लागि आवश्यक पर्ने हो त्यही समुदायलाई बनाइदिन आग्रह गरेका छन् । उनले आफू भन्दा विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत घर...
error: Content is protected !!