कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा
मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा.सुनिल शर्माले पार्टीभित्र आन्तरिक समस्या नरहेको बताएका छन् । चुनावी अभियानमा जुटेका नेता डा.शर्माले आइतवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
१२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने नेता शर्माको तर्क छ । ‘पार्टीले आधिकारिक उमेद्वार बनाए...

























