विराटनगरबाट धनगढी जाँदै गरेको बसको ठक्करबाट अटोमा सवार चार जनाको मृत्यु
धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ स्थित वीरेन्द्र बजारमा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा सोही नगरपालिकाका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्य...































