संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक जनाको मृत्यु
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-५ माङमायामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक पुरुषको मृत्यु भएको छ । माङमायाका ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा नेवारो जातको रुखमा चढी घाँस काट्ने क्रममा करिब २० मिटर तल खसेका थिए ।
घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उनको उपचारका क्रम...































