पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ मा छोराले बाबुको हत्या गरेका छन् । आइतबार ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिष कर्णका अनुसार युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णको भनाइ छ ।
घटनाको ...





























