भोलि र पर्सि हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना
विराटनगर । भोलि देशको हिमाली भू-भागमा अधिकांश, पहाडी भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्...






























