काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात
झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो ।
तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९...































