
काठमाडौँ । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले जनताको आम्दानीको राम्रो माध्यम बन्ने भएकाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गरेका हुन् ।
गाँजा खेती गर्नाले धनकुटेली जनताको कमाई बढेको उदाहरण दिँदै सांसद राईले अब वैधानिकता दिएर सहज बनाउनुपर्ने धारणा राखे । ‘अहिले जनताले लुकिलुकी गाँजाखेती गरिरहेका छन्,’ सांसद राईले भने, ‘देशमा आर्थिक समृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने हो भने नीतिगत रूपमा, वैधानिक रूपमा गाँजा खेती गर्नुपर्छ ।’
गाँजा बहुउपयोगी रहेको भन्दै उनले यसबाट औषधि, कपडा, अत्तर बनाउँन सकिने जानकारी पनि दिए । फरक प्रशंगमा उनले प्रधानमन्त्री सदनमा ल्याउन नसक्नु रास्वपाको कमजोरी भएको टिप्पणी गरे ।


संगालोखबर 



















