बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने
झापा । बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । ११ नोभेम्बर अर्थात कात्तिक २५ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात क...































