संगालोखबर

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५८ औँ वार्षिकोत्सवको अवसरमा आज विराटनगरमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी, हिमाल आँखा अस्पताल र शान्ति फार्मेसी तथा दन्त क्लिनिकसँग सहकार्य गरेर बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले कार्यक्रम आयोजना गरेको हो । सो क्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै, स्वास्थ्य शिविरमा १०९ जनाको आँखा परीक्षण र ४३ जनाको दन्त परीक्षण गरिएको बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ गते पर्ने प्राधिकरणको वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाइदैछ ।

यसअघि गत शनिवार बीमा क्षेत्रसँग आबद्ध बीमक तथा सर्वेयरहरूबीच क्रिक्सल प्रतियोगिता गरिएको थियो । अब, बिहीबार मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराउने र शुक्रवार समीक्षा कार्यक्रम गर्ने तय भएको बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!