संगालोखबर

विराटनगर । आज देशका अधिकांश क्षेत्रमा मौसम बदली भई मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकांश सहरमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रमा वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ । डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, सिमरा र विराटनगरमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । यस्तै, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जोमसोम, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज सबैभन्दा बढी वर्षाको सम्भावना ताप्लेजुङमा देखिएको छ । त्यहाँ वर्षा हुने सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ । पोखरा, ओखलढुङ्गा र धनकुटामा ४० प्रतिशत सम्भावना रहेको छ ।

तराईका केही क्षेत्रमा भने गर्मी कायम रहने अनुमान गरिएको छ । दिपायल, धनगढी, नेपालगञ्ज र जनकपुरमा अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । भैरहवामा भने आज वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । त्यहाँ आंशिक बदली मात्र रहनेछ ।

रातिको समयमा पनि मध्य तथा पूर्वी भूभागमा वर्षाको क्रम जारी रहने सम्भावना छ । पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यता, पश्चिमी तथा केही तराई क्षेत्रको मौसम राति आंशिक बदली रहनेछ । डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र सिमरामा राति वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!