
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य तोलाको दुई लाख ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















