विराट गोल्डकपको अन्तिम सेमिफाइनलमा आज पुलिस र चर्च ब्वाइज भिड्दै
विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज प्रतिस्पर्धामा उत्रने भएका छन् । खेल साँझ ६ः३० बाट सुरु हुनेछ ।
सशस्त्र प्रहरी बल एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो भने मच्छिन्द्र क्लबलाई २-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको थियो...



























