मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

मोरङ र उदयपुरबाट दुर्लभ वन्यजन्तु र अंगसहित ६ जना पक्राउ

विराटनगर । दुर्लभ वन्यजन्तु र तिनको अंगसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र उदयपुरबाट पक्राउ परेका उनीहरूको साथबाट दुर्लभ वन्यजन्तु सालकको खपटा, विशेष प्रजातिको छेपारो लगायत बरामद गरिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्र १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार रंगेली नगरपालिका–१ बबियाका ४५ वर्षीय गगन...
साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १–० को जित दर्ता गरेको छ । च्याम्पियनसिप आजैबाट सुरु भएस्को हो । आजको उद्घाटन खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपालसहित...
एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्बभन्दा बढी रेमिट्यान्स

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्बभन्दा बढी रेमिट्यान्स

विराटनगर । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा यो १६.५ प्रतिशतले बढी हो । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको छ । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको सङ...
एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह

एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह

विराटनगर । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को दुरुपयोग बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत गराएको छ । एआई लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्व लगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ब्युरोले ध्यानाकर्षण गराएको हो । पछिल्लो समय एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न, नगराउन भनेको छ । सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआ...
एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष गुरु बराल भोलि धनकुटा आउने भएका छन् । एमाले धनकुटाले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमका लागि उनी धनकुटा आउन लागेका हुन् । एमाले जिल्ला कमिटी धनकुटाको तेस्रो पूर्ण बैठक बिहान ८ बजे श्रीवानीस्थित पार्टी कार्यालयमा हुने जनाइएको छ । त्यसपछि दिउँसो ११ बजे सामुदायिक भवनमा पार्टी प्रवेशको वृहत कार्यक्रम हुने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन...
सहकारीको ऋण बेलैमा चुक्ता नगरे कारबाहीः धनकुटा नगरपालिका

सहकारीको ऋण बेलैमा चुक्ता नगरे कारबाहीः धनकुटा नगरपालिका

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न आग्रह गरेको छ । ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयमा ऋण चुक्ता नगरे सहकारी ऐनअनुसार कारबाही गरिने जनाएको छ ।  नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिएर तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता नगर्दा संस्थाहरूमा तरलताको समस्या भएको नगरपालिकाले उल्लेख गरेको छ । जसका कारण सदस्यहरूको...
कुटपिट गरी श्रीमतीको हत्या

कुटपिट गरी श्रीमतीको हत्या

महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा कुटपिट गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार  स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई घरायसी विवाद हुँदा हिजो साँझ कुटपिट गरेका थिए । निर्घात कुटपिटपछि गम्भीर घाइते भएकी रोशनालाई बेलैमा उपचारक...
उद्योग परिसङ्घ युवा उद्यमी मञ्च कोशीको अध्यक्षमा रिजाल

उद्योग परिसङ्घ युवा उद्यमी मञ्च कोशीको अध्यक्षमा रिजाल

विराटनगर । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) कोशी अध्यक्षमा मुनन रिजाल निर्वाचित भएका छन् । मञ्चको प्रथम साधारणसभाबाट रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभाबाट मञ्च कार्यसमितिको लर्निङ चेयरमा सुशन प्रधान, को–लर्निङ चेयरमा विशाल अग्रवाल, मेम्बरसिप चेयरमा शरद जोशी र को–मेम्बरसिप चेयरमा कुनाल साह निर्वाचित भएका छन् । त्यस्तै, स्टार्ट–अप चेयरमा रजत साहेवाला, फ...
धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भदौ ४ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।  नगर कार्यपालिकाको साउन ३२ को निर्णयानुसार नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय, शैक्षिक संस्था, सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
विपदमा परी कोशीमा २७ जनाको मृत्यु, तीनजना बेपत्ता

विपदमा परी कोशीमा २७ जनाको मृत्यु, तीनजना बेपत्ता

विराटनगर । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५५ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १८१ जनाको मृत्यु भएको हो । काठमाडौं उपत्य...
सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदीको मूल्य पनि बढ्यो

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च भएको हो । शुक्रबार १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । साउन २९ मा नयाँ रेकर्ड राखेको सुनको मूल्यले आज त्यसलाई पनि उछिनेको छ । साउन २९ गते सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ रुपैयाँ कायम भएको थियो । ...
विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा

विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा

विराटनगर । विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । देशभर ११ वटा शाखा रहेको र विदेश जाने विद्यार्थीहरूलाई ९ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए । हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानाडालगायत देशमा विद्यार्थी जाने गरेका छन् । ब्रिज इन्टर...
हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति

हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति

झापा । हावाहुरीका कारण झापाका विभिन्न स्थानमा क्षति भएको छ । गएरातिको हुरीले कतिपय क्षेत्रमा बिजुलीका खम्बा ढालेको छ । केही स्थानमा घरका छाना समेत उडाएको जनाइएको छ । बिजुलीको खम्बा ढलेपछि मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टा तथा आसपास क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध बनेको छ । हुरीले चारआलीको पाउ पाथीभरा मन्दिर नजिक राजमार्गमा सखुवाको रूख ढाल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्ता...
साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

साफ च्याम्पियनसिपः उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरु बीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्‌घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । उद्‌घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करण सहित सन...
जब कोशीको बाँध फुट्यो…

जब कोशीको बाँध फुट्यो…

सुनसरी । आज भदौ २ गते । आजको दिनले १६ वर्ष अघिको एउटा त्रासमय घटना सम्झना गराउँछ । २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किएर त्राहिमाम अवस्था सिर्जना भएको थियो । त्यसैले यो दिनलाई धेरैले अकल्पनीय घटना भएको दिनका रुपमा सम्झन्छन् । तत्कालीन पश्चिम कुशाहा गाविसस्थित कोशी ब्यारेजको उत्तरी भागमा कोशीको बाँध दिउँसो करिब साढे १ बजे फुटेको थियो । हेर्दाहेर्दै बाँधमा रहेका कैयौँ ठूला रुखहरू नदीमा व...
२०८१ भदौ २ गते आइतबार/आजको राशिफल

२०८१ भदौ २ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ भदौ २ गते आइतबार ई.सं.२०२४ अगस्ट १८ नेपाल सम्बत ११४४ गुंलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, श्रावण शुक्ल चतुर्दशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, आयुष्मान योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ०६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै द...
अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

काठमाडौँ । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । काठमाडौंमा शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूलाई उछिन्दै तामाङले उपाधि जितेकी हुन् । उपाधिसँगै अनुयाले नगद १० लाखसहित गिफ्ट ह्याम्पर पाएकी छन् । कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, मेलिना र...
१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

१० औँ राष्ट्रिय खेलकुदमा कोशीलाई पहिलो बनाउने तयारी गरौंः मन्त्री राई

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने ग...
विराटनगरका सागर घिमिरे ‘मिस्टर नेपाल-२०२४’ को फाइनलमा

विराटनगरका सागर घिमिरे ‘मिस्टर नेपाल-२०२४’ को फाइनलमा

विराटनगर । विराटनगर महानगरपालिका–१ हाम्रो चोकका ३१ वर्षीय सागर घिमिरे मिस्टर नेपाल २०२४ को फाइनलमा प्रवेश गरेका छन् । विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उनले भोटिङ राउन्डमा स्थान पाएका छन् । सागरले ब्याचलर इन फुड टेक्नोलोजीमा अध्ययन गरेका छन् भने मोडलको रूपमा पनि परिचित छन् । उनले आफूलाई भोट दिएर फाइनलमा जिताउन आग्रह गरेका छन् । उनलाई ईसेवामा मिस्टर नेपाल २०२४ सर्च गरेर भोट दिन सकिने छ ।
‘बचतकर्ताको रकम जोखिममा पर्न हुँदैन’

‘बचतकर्ताको रकम जोखिममा पर्न हुँदैन’

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले सहकारीमा समस्या आउनुको मुख्य कारण सञ्चालकको नियत भएको बताएका छन् । विराटनगर–१७ रानी स्थित गौरव बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खराब नियत भएका सहकारी सञ्चालकको पहिचान गर्न सकेमा बचतकर्ताको बचत जोखिममा पर्नबाट जोगिने उल्लेख गरे । पछिल्लो समय विभिन्न सहकारीमा देखिएको समस्या कारण ...
सोलुखुम्बुको बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्री सहितको टोली

सोलुखुम्बुको बाढी प्रभावित क्षेत्रमा रक्षामन्त्री सहितको टोली

सोलुखुम्बु । खुम्बु–पासाङल्हामु गाउँपालिका–५ मा बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रक्षामन्त्री मानवीर राईको नेतृत्वको टोली आइपुगेको छ । टोलीमा सङ्घीय र प्रदेशसभा सदस्य लगायत छन् । थामे खोलामा लेदो सहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति पुगेको छ । बाढीबाट प्रभावित ९३ जनाला...
२०८१ भदौ १ गते शनिबार/आजको राशिफल

२०८१ भदौ १ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १ गते शनिबार ई.सं.२०२४ अगस्ट १७ नेपाल सम्बत ११४४ गुंलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३५ बजे, सूर्यास्त साँझ ०६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसु...
ट्याङ्करको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

ट्याङ्करको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र पछाडि बसेका ४२ वर्षीय जयप्रकाश मेहता छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल बोकेको को १ ख...
पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित चिउरीबोटे नजिक पहिरो खसेपछि सेउले–मधुगंगा ग्रामीण सडक अवरुद्ध भएको छ । गएराति सडक माथिबाट पहिरो खस्दा पैदल हिँड्न समेत समस्या भएको छ । सवारी साधन सञ्चालन हुन सकेको छैन । सेउले र चिउरीबोटे बीचको खहरे खोला माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक क्षति पुगेको स्थानीय चेतनाथ वाग्लेले बताए । पहिरोका कारण स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री बजार पुर्याउन पनि कठिन...
कोशीका मुख्यमन्त्री कार्कीले सार्वजनिक गरे सय दिने कार्यप्रगति

कोशीका मुख्यमन्त्री कार्कीले सार्वजनिक गरे सय दिने कार्यप्रगति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको सय दिने कार्य प्रगति प्रस्तुत गरेका छन् । आज मुख्यमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सय दिनमा महत्वपूर्ण काम भएको दाबी गरे । उनले ६० बुँदामा आफूले गरेका महत्वपूर्ण कामलाई समेटेको उल्लेख गरे । नीति, कानुन तथा शासकीय सुधार, पर्यटन प्रवर्द्धन र पर्यावरण, सामाजिक विकास, स्वास्थ्य सेवा, शान्ति सुरक्षा, विपद् व्यवस्थाप...
सोलुखुम्बुको थामे गाउँमा बाढी पस्यो, केही घर बगे

सोलुखुम्बुको थामे गाउँमा बाढी पस्यो, केही घर बगे

सोलुखुम्बु । सोलुखुम्बुको थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे गाउँ प्रभावित बनेको छ । बाढीले उक्त गाउँका केही घरहरू बगाएको छ । सोलुखुम्बु र दोलखाको सीमा भएर बग्ने थामे खोलाको शिरमा रहेका केही हिमतालहरू फुट्दा थामे बस्तीका केही घर र होटलहरू बगाएको जनाइएको छ । थामेको बाढी दुधकोसीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सु...
बैङ्कहरूले भदौ महिनाका लागि घटाए निक्षेपको ब्याजदर

बैङ्कहरूले भदौ महिनाका लागि घटाए निक्षेपको ब्याजदर

विराटनगर । वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार बैङ्क प्राइम कमर्सियलले मात्र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । अन्य ७ वटा बैङ्कले ब्याजदर स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका हुन् । १२ वटा बै...
ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित

ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा बाढीले पुल क्षतिग्रस्त बनाएको छ । पर्यटकीय सिजन सुरु हुन लाग्दा झोलुङ्गे पुल भत्किएपछि समस्या भएको छ । स्थानीय बासिन्दालाई पनि आवागमनमा कठिनाइ भएको छ । दुई दिनअघि अविरल वर्षापछि आएको बाढीले उक्त पुलमा क्षति पुर्याएको थियो । त्यस क्षेत्रमा पर्ने बाटो र उक्त पुल भएर कञ्चनजङ्घा आधार शिविरतिर आउजाउ हुने गरेको थियो । पुलमा क्षति पुगेपछि अब समस्या ह...
भक्तपुरको दुर्घटनामा ओखलढुङ्गाका व्यक्तिको मृत्यु भएको पुष्टि

भक्तपुरको दुर्घटनामा ओखलढुङ्गाका व्यक्तिको मृत्यु भएको पुष्टि

ओखलढुङ्गा । भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा मृत्यु भएका स्कुटर चालक ओखलढुङ्गाका व्यक्ति भएको खुलेको छ । हिजो दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त घटनामा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ खहरे भन्ने स्थानमा स्थायी घर भइ काठमाडौँको कपन बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको खुलेको हो । ठक्कर दिएपछि ढलेका उनलाई ट्रक चालक...
लागूऔषधसहित ६ जना पक्राउ

लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । धनकुटा, मोरङ र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ बाट २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भास्करकुमार शर्मा र २५ वर्षीय सौरभकुमार पासवानलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १० ग्राम ७०० मिलीग्राम हिरोइन बरामद गरिएको छ । यस्तै, झापाको कमल गाउँपालिका–२ का ३८ वर...
झापाको काँकडभिट्टामा राष्ट्रिय चेस च्याम्पियनसिप हुने

झापाको काँकडभिट्टामा राष्ट्रिय चेस च्याम्पियनसिप हुने

झापा । झापाको काँकडभिट्टामा ‘छैटौँ राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिप’ हुने भएको छ । आगामी भदौ ७ देखि १० गतेसम्म च्याम्पियनसिप आयोजना हुने भएको हो । नाइट चेस क्लब र नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हुने च्याम्पियनसिपमा दुईवटा बेग्लाबेग्लै स्पर्धा हुने जनाइएको छ । ‘रेटिङ बिलो २०००’ र ‘रेटिङ बिलो १७००’ को बेग्लाबेग्लै स्पर्धा हुने महासङ्घले जनाएको छ । च्याम्पियनसिपका निर्देशक विश्‍वविजय घिमि...
error: Content is protected !!