इरानको आक्रमणबाट युएईमा मारिएका नेपालीको परिचय खुल्यो
विराटनगर । युनाइटेड अरब इमिरेट्स (युएई) मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले आज दिएको जानकारी अनुसार इरानको ड्रोन हमलामा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो ।
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको सम्बन्धमा युएईक...































