युक्रेनी सेनाको कब्जामा रहेका तेह्रथुमका शेर्पासहित दुई नेपालीको उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका तेह्रथुमका शेर्पासहित दुई नेपालीको उद्धार

विराटनगर । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार भएको छ । तेह्रथुमका २८ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर स्याम्बो शेर्पाको उद्धार गरिएको हो । उनीहरू भारतको नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए । अमेरिकाबाट सञ्चालित नेपाली न्यूज पोर्टल खसोखासका अनुसार २०२४ को मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित...
साउदीमा मृत्यु भएका तामाङको शव धनकुटा ल्याइँदै

साउदीमा मृत्यु भएका तामाङको शव धनकुटा ल्याइँदै

धनकुटा । साउदीमा ज्यान गुमाएका धनकुटाका काजी तामाङको शव नेपाल ल्याइएको छ । धनकुटा नगरपालिका-२ भीरगाउँ चोक्रोक घर भएका ५२ वर्षीय तामाङको शव आज नेपाल ल्याइएको हो ।  करिब १८ महिना अगाडि वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका तामाङ काम गर्ने क्रममा छाती दुखेको महसुस भएपछि आराम गर्न गएका थिए ।  अब्दुल रहमान ए ओटिशन समूहमा कार्यरत तामाङको आराम गर्न गएकै अवस्थामा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु...
महाकुम्भबाट फर्कँदै गरेको स्कारपियो दुर्घटना, पाँच नेपालीको मृत्यु

महाकुम्भबाट फर्कँदै गरेको स्कारपियो दुर्घटना, पाँच नेपालीको मृत्यु

विराटनगर । भारतमा स्कारपियो दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । बिहारको मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कारपियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो । चार जना गम्भीर घाइते भएका छन् । उनीहरू महोत्तरीका भएको खुलेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । अर्चना ठाकुर, इ...
दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

विराटनगर । दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अनुसार आइतबार दुई जनाको मृत्यु भएको हो । दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ । एनआरएनएका अनुसार उनी केही दिनदेखि उपचाररत थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी क्षयरोगबाट पीडित थिए । यस्तै अर्का ३९ वर्षीय युवाको हृदयघातका कारण मृत्यु भएको हो ।
माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी बरालको शव नेपाल ल्याइने

माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी बरालको शव नेपाल ल्याइने

विराटनगर । माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी गौरी कुमारी बरालको शव नेपाल ल्याइने भएको छ । उनको शव आज माल्टाबाट नेपाल पठाइने भएको हो । एनआरएनए माल्टाका अनुसार बरालको शव शनिबार नेपाल आइपुग्ने छ । बर्दिबासकी बराल जनवरी ६ मा दुर्घटनामा परेकी थिइन् । उनको उपचारका क्रममा जनवरी ११ मा मृत्यु भएको थियो । एनआरएनए माल्टाका अनुसार टाउकोमा गहिरो चोट लागेका कारण उनलाई बचाउन नसकिएको हो । २५ वर्षीया बराल २...
अमेरिकामा पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु

अमेरिकामा पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु

विराटनगर । अमेरिकाको भर्जिनिया स्थित शेन्टिलीमा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । बिहीबार स्थानीय समयअनुसार बिहान साढे सात बजे विन्गेट बाई विन्डहम होटल नजिकै हिउँमा चिप्लिएर पोखरीमा कार डुब्दा उनीहरूको मृत्यु भएको हो । गाडी आंशिक रूपमा जमेको पानीमा डुबेपछि चालक ५५ वर्षीय कर्ण खड्का र गाडीमा सवार २० वर्षीय निश्चल भट्ट फसेका थिए । उद्धार टोली पुग्दा १० फिट गहिरो पानीमा डुबेको अव...
क्यानडामा गाडीले ठक्कर दिँदा खोटाङका गिरीको मृत्यु

क्यानडामा गाडीले ठक्कर दिँदा खोटाङका गिरीको मृत्यु

विराटनगर । क्यानडामा सडक दुर्घटनामा परेर खोटाङका युश गिरीको मृत्यु भएको छ । क्यानडाको समय अनुसार मङ्गलबार राति साढे १० बजेको समयमा क्युबेक सिटीमा उनको मृत्यु भएको हो । क्युबेक सिटीको सडकमा गाडी रोकेर बसेका उनलाई अर्को गाडीले ठक्कर दिएको जनाइएको छ । उनको घटनास्थलमै मृत्यु भएको उल्लेख गरिएको छ । गिरी क्यानडाको ब्राम्टनमा बस्दै आएका थिए । उनी अध्ययनका लागि सन् २०२२ जनवरी ११ मा क्यानडा गएका थिए । ...
अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

अवैध रूपमा अमेरिका जाने नेपालीको लर्को, १७६ जना ब्राजिलमा फसे

विराटनगर । पछिल्लो समय अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको सङ्ख्या बढ्दो छ । यसै क्रममा १७६ जना नेपाली ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा पसेका छन् । उनीहरू सकुशल रहेको र आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली...
अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

अमेरिकाको टेक्सासमा गोली हानी नेपाली विद्यार्थी पाण्डेको हत्या

विराटनगर । अमेरिकाका गोली हानेर नेपाली विद्यार्थीको हत्या भएको छ । सोमबार अपराह्‍न टेक्सास राज्यस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको हो । अमेरिकाबाट प्रकाशित हुने अनलाइन ‘हिमालय खबर’ का अनुसार ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन हत्या गर्यो भन्ने खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । ती व...
क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

विराटनगर । क्यानाडामा रहेका नेपाली मूलका चारजना फुटबल खेलाडीले प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्ने अवसर पाएका छन् । टोरन्टो नेपाली फुटबल क्लब (टिएनएससी) मा आवद्ध उनीहरू आफ्नो खेल कौशल प्रदर्शनका लागि छनौटमा परेका हुन् । ला मासिया एकेडेमीमा यो अवसर पाउनेमा १६ वर्षीय मिडफिल्डर सागर थापा, १६ वर्षीय फरवार्ड हिमाल थापा, १४ वर्षीय  डिफेन्डर सबी बस्नेत र १७ वर्षीय गोलकिपर सक्षम...
नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

नेपालीले किने क्यानाडाको सय वर्षभन्दा पुरानो निजी कलेज

विराटनगर । नेपाली लगानीकर्ताको समूहले क्यानाडामा एउटा निजी कलेज खरिद गरेको छ । समूहले नोभा स्कोसिया प्रान्तस्थित हेलिफ्याक्स सहरमा रहेको मेरी टाइम्स बिजनेस कलेज (एमबीसी) खरिद गरेको हो । द ब्रिटिस एजुकेशन ग्रुप, युकेको नेतृत्व र नेपाली क्यानेडियनहरुको एक समूहको संयुक्त लगानीमा सय वर्षभन्दा पुरानो उक्त कलेज खरिद गरिएको क्यानाडाको टोरन्टोमा रहेका एकजना लगानीकर्ता विद्याभूषण कार्कीले बताए । सन् १८...
‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

विराटनगर । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनले शोषण बढेको देखाएको हो । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अ...
माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

विराटनगर । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुईजना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको जनाइए पनि उनीहरुको पहिचान र नेपालको ठेगाना खुलाइएको छैन । न्यु साउथ वेल्स प्रहरीले क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू सोमबार समुद्रमा खसेको जानकारी दिएको छ । लाइफ ज्याकेट बिना...
धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटा । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धनकुटा नगरपालिका-७ स्थित टोड्केका रविन विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको आइतबार मृत्यु भएको हो । राती करिब ९ बजे मोटरसाइकलमा साथीलाई कोठा पुर्‍याउन जाँदै गर्दा ट्याङ्करको ठक्करबाट रविनको मृत्यु भएको मलेसियामै रहेका उनका आफन्त प्रेम विश्वकर्माले जानकारी दिए ।...
धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटा । ३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । चालक काम गर्दै आएका दिनेशले चलाएको गाडी दुर्घटना भएपछि पक्राउ परेका उनलाई अदालतले ५७ हजार रियाल अर्थात नेपाली १८ लाख भन्दा बढी रकम जरिवाना तोकिदियो । गरिबीका कारण पैसा कमाउँन विदेशिएका दिनेशसँग जरिवाना बापतको रकम तिर्न सक्ने अवस्था थिएन, न त परिवारले नै नेपालबाट पैसा पठाएर उनल...
ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्डको फैसला

विराटनगर । वैदेशिक रोजगारीका लागि दुबई पुगेका ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । पाँच वर्षअघिदेखि दुबईमा जेल जिवन बिताइरहेका श्रेष्ठलाई अदालतले मृत्युदण्ड तोकेको हो । श्रेष्ठ कार्यरत कम्पनीमै काम गर्दै आएका नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । कोठामा झगडा हुँदा छुट्याउँने क्रममा मगरलाई गम्भीर चोट लाग्यो । घाइते मगरला...
हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

विराटनगर । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिवार इजरायलमाथि गरेको आक्रमणमा परी सुनसरीका राजेशकुमार स्वर्णकारसहित कम्तिमा १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परी १० नेपालीको मृत्यु भएको पुष्टि भएको र बाँकी विवरण सङ्कलनको काम भइरहेको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार मधुवान–१, सुनसरीका स्वर्णकारसहित सपही–६, धनुषाका आनन्द साह, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, कैला...
धनकुटाका थापाको मलेशियामा मृत्यु

धनकुटाका थापाको मलेशियामा मृत्यु

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ स्थित थाक्लेका गम्भीरजंग थापाको मलेशियामा निधन भएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका थापाको बिहीबार निधन भएको हो । बुधबार बेलुका साथीको कोठामा गएर सुतेका थापा भोलिपल्ट बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको बताइएको छ । करिब ३० महिना अघि नेपाली सेनाबाट अवकाश प्राप्त गरेका थापा दुई महिना अघि वैदेशिक रोजगा...
मिर्गौलापीडित राईलाई कोरियाबाट सहयोग

मिर्गौलापीडित राईलाई कोरियाबाट सहयोग

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका मिर्गौलापीडित कमलप्रसाद राईलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाज दक्षिण कोरियाको समन्वयमा ४ लाख ४२ हजार ९ सय २७ रुपैयाँ आर्थिक सहयोग संकलन गरेर मिर्गौलापीडित राईलाई प्रदान गरिएको हो । धनकुटा सेवा समाज दक्षिण कोरियाका पूर्व उपाध्यक्ष बाबुराम राई र सल्लाहकार मनिक...
जापानको टोकियोमा धनकुटाका युवाको मृत्यु

जापानको टोकियोमा धनकुटाका युवाको मृत्यु

धनकुटा । जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ६ महिनाअघि जापान पढ्न गएका धनकुटाका २७ वर्षीय अनिष कटुवालको मृत्यु भएको हो । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को दिन उनी आफ्नै कोठामा मृत फेला परेका थिए । पानी जमाएर नुहाउने भाडामा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन् । अनिषका साथीहरु नयाँ वर्ष मनाउन बाहिर गएका थिए । उनीहरु बिहान कोठामा फर्कँदा पानीमा डुबेर अनिष...
जापानमा सुतिरहेको अवस्थामा राईको मृत्यु

जापानमा सुतिरहेको अवस्थामा राईको मृत्यु

काठमाडौं । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको मृत्यु भएको हो । १३ वर्षदेखि श्रीमतीसहित जापानमा बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । राति श्रीमती कामबाट फर्कँदा राईलाई मृत अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेर प्रहरीको जिम्मा लगाइएको पारिवारिक स्रोतले जनाएको छ । राईको मृत्युको क...
चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूकोे गत असोजमा मृत्यु भयो । मृत्यु भएको चार महिना वितिसक्दासम्म पनि अझै उनको शव नेपाल आइपुगेको छैन । महिनौंसम्म पनि शव नआइपुगेपछि शव नेपाल ल्याउँन पहल गरिदिन रामकुमारको परिवारका सदस्यले अपिल गरेका छन् । मृतक रामकुमारकी श्रीमति विष्णुमायाले श्रीमानको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरिन् । ‘उह...
कोरियामा रहेका धनकुटेलीद्वारा सहयोग

कोरियामा रहेका धनकुटेलीद्वारा सहयोग

धनकुटा । धनकुटा सेवा समाज दक्षिण कोरियाले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष बृद्धिका लागि आर्थिक सहयोग गरेको छ । धनकुटा सेवा समाजले आइतवार एक कार्यक्रमकाबीच पत्रकार महासंघलाई नगद ३० हजार रकम प्रदान गरेको हो । कार्यक्रममा धनकुटा सेवा समाजका उपाध्यक्ष निर्मला खड्काले पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईलाई नगद हस्तान्तरण गरिन् । सो अवसरमा बोल्दै उपाध्यक्ष खड्काले ब...
धनकुटाका युवाको मलेशियामा मृत्यु

धनकुटाका युवाको मलेशियामा मृत्यु

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका धनकुटाका खेमप्रसाद याख्खाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उनको मृत्यु भएको मलेशिया प्रहरीको भनाई उदृत गर्दै त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । उनको राहदानीमा ठेगाना धनकुटा मात्र उल्लेख छ । ठेगाना धनकुटाको कुन ठाउँ हो भन्ने खुलेको छैन । जसका कारण परिवारसँग सम्पर्क हुँन नसक्दा समस्या भएको मलेशियामा रहेका धनकुटाका अशोक पौडेलले संगालोख...
साउदीमा दुर्घटना हुँदा धनकुटाका युवाको मृत्यु

साउदीमा दुर्घटना हुँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृत्यु भएको हो । घटना गत शनिवारको हो । राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । ...
आर्दश समाज साउदीको अध्यक्षमा सापकोटा

आर्दश समाज साउदीको अध्यक्षमा सापकोटा

विराटनगर । साउदी अरेबियामा सम्पन्न कास्की आर्दश समाजको दोस्रो बार्षिकोत्सव तथा प्रथम अधिवेशनबाट अमर सापकोटा अध्यक्षमा चयन भएका छन् । समितिको प्रथम उपाध्यक्षमा ओमबहादुर कुमाल, द्धतीय उपाध्यक्षमा रबि सापकोटा, तृतीय उपाध्यक्षमा लक्ष्मी पौडेल, महासचिवमा मनिष थापा, सचिवमा बुद्धी भुजेल, कोषाध्यक्षमा तुलसीराम भण्डारी र सह–कोषाध्यक्षमा गिता आले मगर चयन भएका छन् । त्यस्तैगरी, सदस्यहरुमा रेशम केसी, ओम बह...
कोरियामा नेपाली युवकद्वारा आत्महत्या

कोरियामा नेपाली युवकद्वारा आत्महत्या

दक्षिण कोरिया । रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानी...
वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ नेपाली कोमामा, स्वदेश फर्काउने पहल असफल

वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ नेपाली कोमामा, स्वदेश फर्काउने पहल असफल

काठमाडौं । झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था (कोमा)मा सात वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए। प्रकाश दैलेख ओभरसिजमार्फत ०६८ मा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए। त्यहाँ दुई वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए। त्यहीबेला बिरामी परेका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए । उनलाई ०७० कात्तिक ८ मा थदिक जनरल अ...
पैसा कमाउँन विदेशिएका भीमबहादुरको शव आयो बाकसमा

पैसा कमाउँन विदेशिएका भीमबहादुरको शव आयो बाकसमा

धनकुटा । पैसा कमाएर परिवारलाई शुख दिने आसमा विदेशिएका धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुमका भीमबहादुर मगरको शव बाकसमा प्याक भएर घर आएको छ । बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मृत्यू भएका ४३ वर्षीय मगरको शव डेढ महिना पछि घर ल्याइएको हो । शनिवार राती घर आईपुगेको शवलाई आइतवार अन्त्येष्टि गरिएको छ । ११ वर्ष अघि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका मगरको डेढ महिना अघि मृत्यू भएको थियो । भिसाक...
धनकुटाका मगरको मलेसियामा मृत्यु

धनकुटाका मगरको मलेसियामा मृत्यु

धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका भीमबहादुर मगरको मृत्यु भएको छ । मलेशियाको क्वालालम्पुरमा सुरक्षागार्डको काम गर्दै आएका कुरुलेतेनुपास्थित सोगुमका ४२ बर्षीय मगरको शनिवार बिहान मृत्यु भएको हो । दुई साता यता बिरामी भएका मगरको शनिवार बिहान करिब ८ बजे मृत्यु भएको बैदेशिक रोजगारीकै शिलसिलामा मलेसियामा रहेका तेह्रथुमका छत्र लकाई खड्काले स...
रोकिएको कोरिया जाने प्रक्रिया शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

रोकिएको कोरिया जाने प्रक्रिया शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

दक्षिण कोरिया । कोरोना महामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउन...
error: Content is protected !!