कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर नजिक शंकास्पद वस्तु भेटिएको छ । झापाको गौरादह नगरपालिका–३ डिपु चोकस्थित मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको हो ।
झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार तारले बाँधेको दुइ वटा बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको भेटिएको छ । त्यहाँ कागजको चिर्कटो पनि छ ।
मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । त्यहाँबाट उनी ब...


























