दुई सातादेखि विराटनगरमा बेवारिसे बसिरहेकी बालिकाको उद्धार
विराटनगर । सुनसरीको दुहबी घर बताउने १५ वर्षीया बालिका दुर्गा उरावको आइतबार साँझ उद्धार गरिएको छ । विराटनगर–५ जामुनगाछीस्थित खेतमा बनाइएको छाप्रोमा दुई सातादेखि बेवारिसे अवस्थामा बसिरहेकी उनको स्थानीयको पहलमा उद्धार गरिएको हो ।
उनी जामुनगाछी वरपर नियमित हिँडेको देखेपछि स्थानीयले सोधखोज गरेका थिए । उनले कामको खोजीमा हिँडेको बताउने गरेकी थिइन् । तर छाप्रो नजिकैका स्थानीयले केही दिनदेखि उनलाई त्यही...






























