विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार पाँच सय ७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार कुल मतदाता मध्ये ७१.३३ प्रतिशत मत खसेको हो ।
सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । जसमध्ये १८ हजार पाँच सय ७७ जना मतदानमा सहभागी भए । अब केही समयपछि मतगणना सुरु हुने पौडेलले जानकारी दिए ।
‘१० बजेपछि मतगणना सुरु हुने भनेको हो’, पौडेलले संगालोखबरसँग भने, ‘प्रतिनिधिहरू आउँदै गरेको अवस्था छ । उहाँहरूको परिचयपत्र बनाउने काम सुरु भएको छ । १० बजे पछि सुरु गर्ने भनेपनि साढे १० देखि ११ बजेसम्ममा मतगणना सुरु हुन्छ ।’